• Breaking News

    Tuesday, February 21, 2017

    ब्रिटिश सेनालाई हराउने अरिंगालको इतिहास

    कार्तिक ५, २०७३- ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउादा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयाैं अरिंगालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौं सिस्नुका झ्याङ लगाएर राखेका थिए ।

    जब ब्रिटिश सेनाहरु गढी आक्रमण गर्न जंगलको बाटो हुादै आए, गोर्खाली सेनाले एकै पटकमा धनु कााडले सयौं राता र काला अरिङ्गालका गोला झारिदिए । यसपश्चात् रिसाएका ति अरिङ्गालहरुले टोकेर सयौं ब्रिटिश सेना बाटो वरपर मरे भने सिस्नुको पोलाई र अरिगालबाट आत्तिएर कैयन अंग्रेज सेना ज्यान जोगाएर भागे ।

    चौबीस सयको संख्यामा आएका ब्रिटिश सेनामाथि यसरी ८०० गोर्खालीले बिजय प्राप्त गरेका थिए । एसियामा ब्रिटिश सेनाको यो नै पहिलो हार थियो । यसपश्चात् ४०/५० वर्षसम्म ब्रिटिश सेनाले नेपाललाई आक्रमण गर्ने हिम्मत गरेनन् ।




    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture