• Breaking News

    Monday, February 27, 2017

    कोरियाले यो साल १० हजार भन्दा बढी कामदार लैजाने, इपिएसको परीक्षा आगामी जेठमा

    काठमाडौँ, १६ फागुन, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया सरकारले यो वर्ष १० हजार भन्दा बढी नेपाली कामदारको माग गरेको छ । कोरियाले आइतबार पठाएको प्रस्ताव अनुसार यो वर्ष कृषि र उत्पादनमुलक क्षेत्रमा गरी १० हजार भन्दा बढी कामदारको माग गरेको हो । इपिएस कोरिया शाखाका एक अधिकृतले दिएको जानकारी अनुसार कोरिया सरकारले आइतबार सो प्रस्ताव नेपाल पठाएको हो । उनले आजको खबरलाई भने, 'कोरिया सरकारले १० हजार भन्दा बढी कामदारको माग सहित परीक्षा आवेदन फर्म भर्ने र परीक्षा मितिको प्रस्ताव गरेको छ ।' उनले यहाँ मन्त्री स्तरको बैठक बसी सो प्रस्तावलाई पास गर्नु पर्ने र त्यसपछि मात्रै आधिकारिक रुपमा संख्या र आवेदन फर्म र परीक्षाको मिति सार्वजनिक हुने बताए । उनले भने, 'हामी बैठककोलागि मन्त्रीज्यूको समय मिलाउँदै छौँ । केही दिनभित्रै बैठक बसेर यसको आधिकारिक निर्णय गर्छौँ ।' कोरिया सरकारले पठाएको प्रस्तावअनुसार २०७४ सालको जेठ २७ र २८ गते परीक्षा मिति तोकिएको छ । यसैगरी सो परीक्षाको लागि यही चैतको ९ गतेदेखि १८ गतेसम्म परीक्षा आवेदन फारम भर्ने मिति तोकिएको छ । कोरियाको प्रस्तावमा उत्पादनमूलक क्षेत्रमा ३ हजार ८ सयभन्दा बढी र कृषि क्षेत्रमा ६ हजार भन्दा बढी कामदारको माग भएको छ । गत वर्ष निक्कै कम कामदार माग गरेको कोरियाले यो वर्ष भने नेपाली कामदारको संख्या बढाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture