• Breaking News

    Tuesday, February 28, 2017

    नेपाल र केन्या क्रिकेटको टिकट मूल्य २ सय रुपैयाँ

    नेपाल र केन्याबीच आयोजना हुने क्रिकेट प्रतियोगिताको टिकट मूल्य दुई सय रुपैयाँ रहने जानकारी इसेवा नेपालले जनाएको छ। इसेवाले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको टिकटको जिम्मा आइसिसीले आफूलाई प्रदान गरिएको जानकारी दिएको छ। यसअघि नामिबियाविरूद्धको खेलमा पनि टिकट बेच्ने जिम्मेवारी इसेवालाई दिएको थियो। नेपालले फागुन २८ र ३० मा केन्यासँग खेल्दैछ। इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले सुरक्षाको दृष्टीकोण र टिकट दूरुपयोग नहोस भनेर हरेक टिकटमा खरिदकर्ताको नाम र सम्पर्क नम्बर अनिवार्य राखिने बताए। टिकट खरिद गर्न चाहनेले ‘क्रिकेट डट इसेवा डट कम डट एनपी’ मा गएर सहजै अनलाइनबाट किन्न सकिने बताइएको छ। - See more at: http://setopati.com/khel/63869/#sthash.LuGyKGBt.dpuf

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture