• Breaking News

    Saturday, February 25, 2017

    अस्ट्रेलियाविरूद्ध तीन दिनमा पहिलो टेस्ट हारेको भारतीय क्रिकेट टोलीले १० करोड रुपैयाँ पनि गुमाएको छ।

    अस्ट्रेलियाले शनिबार भारतलाई ३ सय ३३ रनले पराजित गर्यो। भारतले पूणे टेस्ट जितेको भए नम्बर १ टेस्ट टिम बन्ने थियो। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले हरेक वर्ष अप्रिलको पहिलो दिन टेस्टको नम्बर एक टोलीलाई पुरस्कार स्वरुप १० करोड दिने घोषणा गरेको थियो।

    पहिले यो रकम ५ करोड थियो। यसैपालि देखि आइसिसीले यो रकमलाई दुई गुणा बढाएको हो। पूणे टेस्ट पराजयसँगै भारतको लगातार १९ टेस्ट अपराजयको कीर्तिमान भंग भएको छ भने अस्ट्रेलियाले सात टेस्ट पनि भारतमा पहिलो टेस्ट सफलता पाएको हो।

    अस्ट्रेलियाले १३ वर्ष पछि भारतलाई उसैको घरमा पराजित पनि गरेको हो। पछिल्लो समय अस्ट्रेलियाले २००४ मा भारतलाई उसैको मैदानमा पराजित गरेको थियो।
    जितसँगै ४ टेस्टको शृंखलामा भारत ०–१ ले पछाडि परेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture