![]() |
केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा उनी शुक्रबार नेपाल आएका केयरका कार्यक्रम निर्देशक पपुलर जेन्टलले जानकारी दिए । शनिबार रामेछाप र सिन्धुलीको भ्रणम सकेर उनी आइतबार गोरखा आएका हुन् । खोप्लाङमा राजकुमार योकिमले महिलाहरुबाट सञ्चालित कृषि सहकारीले गरेको खेतीको अवलोकन गरेका थिए । स्थानीय खाना खाएर उनी गाखुँको स्वास्थ्य चौकी पुगेका हुन् । त्यहाँ स्वास्थ्य चौकी, तरकारी संकलन केन्द्र र बन्दै गरेको भूकम्प प्रतिरोधी घरको उनले अवलोकन गरेका थिए । २०७२ वैशाख १२ को भूकम्पले भत्किएको उक्त स्वास्थ्य चौकीसहित संकलन केन्द्र र नमुना घर केयर नेपालको सहयोगमा पुनर्निर्माण भएको हो ।
राजकुमारले स्वागतमा उपस्थित स्थानीयवासी र स्वास्थ्यकर्मीहरुसँग छलफल समेत गरेका थिए । स्थानीयवासीले उनीसामु आफ्ना समस्याहरु राखेपछि अन्तरक्रियात्मक कार्यक्रम भएको थियो । डेनमार्कका एक दर्जन पत्रकार, सुरक्षाकर्मी र केयर नेपालका प्रतिनिधिसहित उनी भ्रमणका हिँडेका हुन् । उनी आइतबार तनहुँको बन्दीपुरमा बास बस्ने सूचना अधिकारी सुमन गिरीले जानकारी दिए । सोमबार पोखरा र त्यसपछि स्याङजा, महोत्तरी, जनकपुर, सिराहा हुँदै काठमाडौं पुगेर मार्च १३ मा डेनमार्क फर्कने कार्यक्रम रहेको गिरीले बताए ।
सन् १९९१ देखि योकिम केयर डेनमार्कका संरक्षक रहेका छन् । राजकुमारको यो नेपालको दोस्रो अनौपचारिक भ्रमण हो ।
![]() |


No comments:
Post a Comment