• Breaking News

    Tuesday, February 28, 2017

    साउदी राजाको इन्डोनेसिया भ्रमणमा ४ सय ५९ मेट्रिक टन कार्गो - See more at: http://setopati.com/raajneeti/63866/#sthash.0IEGVOcx.dpuf

    इन्डोनेसिया भ्रमणको तयारी गरेका साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजले भब्यढंगले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन्।      
    संचारमाध्यमका अनुसार उनले भ्रमणका क्रममा प्रयोग गर्न ४ सय ५९ मेट्रिक टन सामान पनि साथै लाग्ने छन्। भ्रमणका क्रममा उनी आफ्नै कार चढ्ने छन्।
    त्यसका लागि २ वटा मर्सेडीज़ एस ६०० लिमोजीन कार पनि प्लेनबाट नै लगिने छ। उनका लागि दुईवटा विद्युतीय एलिभेटर पनि लगिने छ।
    उनको सामान इन्डोनेसिया लैजाने जिम्मा पाएको एयरफ्रेइट कम्पनी ‘जेएएस’का अनुसार उक्त कार्यका लागि ५७२ श्रमिक परिचालन गरिने छ।
    यो हप्ता उनले इन्डोनेसियाको ९ दिने भ्रमण गर्दैछन्।


    जकार्ता पोष्टका अनुसार इन्डोनेसियाको भ्रमणका क्रममा राजा सलमानको भ्रमण टोलीमा १५०० मानिस हुनेछन् जसमध्ये १० मन्त्री, २५ राजकुमार र १०० सुरक्षा गार्ड हुनेछन्।
    साउदी राजा सलमानले सन् २०१५ मा अमेरिका भ्रमण गर्दा जर्जटाउनमा रहेको सबै ‘फोर सेसन्स’ होटल भाडामा लिएका थिए। १००० जना रहेको उक्त भ्रमणका क्रममा स्थानीय समुद्री तट बन्द गरिएको थियो। राजाको सुरक्षा तथा गोपनीयताका लागि भन्दै तट बन्द गरिएपछि स्थानीय आक्रोशित भएका थिए।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture