![]() |
अभियोगमा देवदह नगरपालिका-६ का बसन्तबहादुर चापागाईं, रोजन गुरुङ, तिलोत्तमा नगरपालिका-१५ का बुद्धिसागर यादव, राजेश यादव, तिलोत्तमा-८ का प्रयास भनिने खेमानन्द भट्टराई, देवदह-८ का सागर थापा, धकधही–८ का अगंद थारु र देवदहका ऋषिश्वर कुमाललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको हो ।
तिवारी हत्यामा देवदह नगरपालिका-६ का मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । उनीसहित सिद्धार्थ नगरपालिका-१३ का विकास भन्ने सोमबहादुर आले, वारा गडीमाई नगरपालिका-१ का श्याम गुरुङ, गोली प्रहार गर्ने सुटर बिस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह-३ का तुलबहादुर सिञ्जाली फरार रहेको र उनीहरु घटनाको योजनाकार रहेको दाबी प्रहरीको छ ।
प्रहरीले अभियुक्तहरु प्रयोग गरेको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल र पेस्तोल समेत बरामद गरेको छ । फरार अभियुक्तलाई छिट्टै पक्राउ गरी सार्वजनिक गरिने रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले बताए । धानुकका अनुसार, घटना राजनीतिक भन्दा पनि अपराधिक मनोवृत्तिबाट भएको हो ।
यसैगरी, गत कात्तिक २१ गते घरमै बसिरहेको अवस्थामा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गरी हत्याको प्रयास गरिएको घटनामा भारतको सीमावर्ती सुनौलीका बब्लु तिवारी मुख्य योजनाकार रहेको दाबी प्रहरीले गरेको छ । बब्लु तिवारी हाल भारततर्फ नै फरार अवस्थामा रहेकाले भारतीय प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गर्न पहल भइरहेको एसपी धानुकले बताए ।
बब्लु मधेसी जनमुक्ति सेना नामको भूमिगत पार्टीको संयोजक र प्रतापसिंह मधेशियाको नामबाट विभिन्न व्यक्तिलाई एसएमएस गरी आतंक सिर्जना गरी धमक्याउँदै पैसा असुल्ने गरेको अन्य अपराधिक कृयाकलापमा संलग्न रहेको दाबी प्रहरीको छ ।
![]() |


No comments:
Post a Comment