• Breaking News

    Tuesday, February 21, 2017

    एभरेष्ट कलेजका केटीहरुको ग्याङफाईट साईवरक्राईमको इस्यू बन्दैं

    फागुन, काठमाडौं ।

    राजधानीको सोल्टीमोडमा रहेको एभरेष्ट कलेजमा गएको शुक्रबार केटा साथीको बिषयलाई लिएर शुरु भएको बिबादले अहिले गम्भिर मोड लिएको छ ।

    शुक्रबार कलेज बंक (भाग्न) गर्न लागेका कक्षा ११ का विद्यार्थी र विद्यार्थीक्याप्टेनबीचको बिबादमा कलेजका प्रिन्सिपलले विद्यार्थीलाई कुटेको भन्दै अभिभावक बिद्यालय घेराऊ गर्न पुगेपछि यो घटनाले गम्भिर मोड लिएको हो ।

    घटनाअनुसार कलेज बंक गर्न लागेका कक्षा ११ का छात्राहरुलाई रोक्न खोज्दा कक्षा क्यापटेन उरुषा श्रेष्ठलाई सोही कलेजका अन्य छात्राहरुले कुटपिट गरेका थिए । कुटपिटपछि कलेजबाट हिडेंका छात्राहरुले क्याप्टेन उरुषाको फेसबुक अकाउण्टमा अश्लिल भाषामा गालीगलौज पठाए । उरुषालाई पठाएको अश्लिल म्यासेज उनका अभिभावकले भेटेपछि रिर्पोट गर्न पुगेका उरुषाका अभिभावकको उजुरीको आधारमा अर्को पक्षका विद्यार्थीलाई प्रिन्सिपल दिपक झाले कार्यलयमा बोलाएर चेतावनीसहित कलेजबाट सस्पेण्ड गर्ने निर्णय गरेका थिए ।
    विद्यालयमा शिक्षाका लागी पठाएका आफ्ना बच्चाहरुलाई संवेदनशिल अंगहरुमा निर्घात कुटपिट गरेको भन्दै सोमबार उनका अभिभावकहरुले कलेज घेराऊ गरेका हुन् । निर्घात कुटपिट गरेको उनीहरुका अभिभावकहरुले आरोप लगाएका छन् ।

    कलेज बंक गर्न नपाएको झोकमा उरुषामाथी जाईलागेका छात्रा समुहकी एलिसा थपलियाको गर्धन पिठ्यु र खुट्टामा चोटसहितका निलडाम देखिएका छन् । गर्धनका निलडाम देखाउँदै थपलियाका बाबुले कलेजले कानुनलाई हात लिएर आफ्नी छोरीमाथि हातपात गरेकोमा आक्रोशित बनेका छन् ।

    तर कलेजका प्रिन्सिपल झाले आफुले विद्यार्थीमाथी हातपात नगरेको बरु उनीहरुबिचकै लडाईका कारण चोट लागेको हुनसक्ने बताएका छन् । उता शुक्रबार कुटिएकी उरुषा श्रेष्ठका पिता राजेश श्रेष्ठले भने आफ्नो छोरीले कुटाई खाएको र आफ्नै छोरीलाई अश्लिल म्यासेज पठाएर उनीहरुले हिंसा गरेकोले आफू साईबर क्राईममा उजुरी गर्ने तयारी गरेको बताएका छन् ।
    घटनामा संलग्न उरुषा श्रेष्ठ बाहेकका विद्यार्थीलाई कलेजले केही दिनका लागी सन्सपेण्ड (रेस्ट्रिकेट) गरिसकेको छ ।

    विद्यार्थीको ग्याडफाईटलाई लिएर प्रिन्सीपलले छात्रा एलिसा थपलियालाई कुटपिट गरेको भन्दै अभिाभावले कारवाहीको माग गरेका छन् । एभरेष्ट कलेजको कक्षा ११ मा अध्ययनरत एलिसा थपलियाले संवेदनशिल अंगमा निलडाम हुनेगरी हानेको भन्दै विद्यालयका प्रिन्सिपललाई कारवाहीको माग गरेका हुन् ।

    दुई पक्षका छात्राहरु हावी हुँदा यस्तो घटना हुन पुगेको विद्यालयले जनाएको छ । यसविषयमा विद्यालयले दुवै पक्षसँग छलफल गरेर अबउपरान्त यस्ता घटना नदोह¥याउने सहमति गरेका छन् ।

    काठमाडौंको धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स बोर्डिङ स्कुलका प्रिन्सीपल सुरेश यादवले कक्षा ९ मा पढ्ने छात्रलाई निर्घात कुटपिट गरेका छन् ।

    उनी आफू भनेको नमानेको भन्दै विद्यार्थी सुदीप दाहाललाई कुटपिट गरेको सुदीपका अभिभावकले बताएका छन् । सुदीप यादवको कुटाइबाट घाइते भएका छन् । उनको कम्मरदेखि तल निल डामहरू छन् ।

    आइतवार यादवले सुदीपलाई विद्यालयको प्रार्थना लाइनमा पाइपको लौराले हिर्काएका थिए । सुदीपलाई अहिले ज्वरो आएको छ । उनी सोमबार विद्यालय समेत जान नसकेर घरमै बसेको आफन्तले बताएका छन् ।

    यादवले आफूले भनेको नमानेको कारणले सुदीपलाई कुटेको जवाफ अभिभावकलाई दिएका छन् । उनले अभिभावकसँग माफी समेत मागेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture