ग्रेटर नोइडा, १७ फागुन, आइसीसी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्दको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा भारतको रजवाडा क्रिकेट टिमलाई ८३ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले कप्तान ज्ञानेन्द्र मल्लको ९५ रनको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ४७ रन बनायो । नेपालका लागि सुनिल धमलाले ४४, मेहबुब आलमले ३० तथा आरिफ शेखले २४ रन बनाए । २ सय ४८ रनको बिजयी लक्ष्य पछ्याएको रजवाडा ३७.३ ओभरमा अलआउट हुँदै एक सय ६४ रनमा समेटियो । नेपालका लागि सन्दिप लामिछाने, सागर पुन र सोमपाल कामीले समान २–२ विकेट लिए। पहिलो खेलमा नेपाल ४७ रनले पराजित भएको थियो । नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार खेल्नेछ। नेपाल र केन्याबीचको खेलमा काठमाडौंको कीर्तिपुर मैदानमा फागुन २८ र ३० गते हुनेछ । - See more at: http://aajakokhabar.com/news-details/3036/2017-02-28#sthash.73cOA3Dx.F9DTY8If.dpuf
No comments:
Post a Comment