• Breaking News

    Sunday, February 26, 2017

    आज मिती २०७३ साल फागुन १६ गते सोमबारः- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

    ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।



    श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल फाल्गुन १६ गते सोमबार, नेपाल सम्बत ११३७ चिल्लाथ्व,सन् २०१७ फेब्रुअरी २७ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ७ वजेर ५३ मिनेटसम्म, शतभिषा नक्षत्र विहान ७ वजेर ३० मिनेटसम्म, सिद्धियोग, किस्तुघ्न करण, आनन्दादियोग अमृत,सूर्य कुम्भ राशीमा, चन्द्रमा राती १ वजेर १४ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।

    मेषः– आय आर्जनका दृष्टिले आजको दिन तपाईको लागि अनुकुल रहेको छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाट सहयोग पाईने छ । आएको अवसर नगुमाउनु होला ।

    वृषः– काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।

    मिथुनः– आफ्ना काममा भन्दा अरुका काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायमा पनि खासै प्रगति हुने देखिन्न । काम गरेर जश पनि मिल्ने छैन । यात्राको सम्भावनालाई भने नकार्न सकिन्न ।

    कर्कटः– अशुभ समाचारले मनलाई दुखित बनाउने छ । काम गर्ने बातावरण मिल्ने छैन । गरेका काम पनि विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्ने छ । कुनै नयाँ काममा हात नहाल्नु होला ।

    सिंहः– उद्योग,धन्दा बन्द व्यापारमा नयाँ सम्भावना देखा पर्ने छन् । व्यवसायिक लगानी पनि बढ्ने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथिको सहयोगले मनलाई आनन्दित बनाउने छ ।

    कन्याः–आज कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछ र लाभान्वित पनि भईने छ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुने छ ।

    तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । यात्राबाट लाभ लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने देखिन्छ ।

    वृश्चिकः– घरको बातावरण तपाईको लागि अनुकुल नबन्न पनि सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।

    धनुः– उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिने छन् । व्यापारबाट आम्दानी पनि राम्रो हुने छ । अरुको सहयोग पनि पाईने छ र आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुने छ ।

    मकरः– काम गर्दा बढि नवोल्नु होला । आफ्नो काममा नै बढि दत्तचित्त दिनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । मनमा भ्रम पालेर नबस्नु होला ।

    कुम्भः– काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा पनि कमी आउने छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ । काम गर्ने जोश जागर बढ्ने छ । आम्दानी बढ्ने छ ।

    मिनः– तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्ने छ ।

    जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture