• Breaking News

    Tuesday, February 21, 2017

    बुद्धिमान तामाङलाई सर्वाधिक मत, कोमलवलीलाई तेस्रो सर्वाधिक मत

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्।
    उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।
    केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। तेस्रो नम्बरमा गायिका कोमल वली रहिन। उनले १ हजार ८ सय ५७ मत पाइन।
    चौथो नम्बरमा धवलशमशेर राणा रहे। उनले १ हजार ७ सय ३९ मत प्राप्त गरे। राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरे। उनी पाँचौ नम्बरमा रहे।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture