• Breaking News

    Friday, February 24, 2017

    साउदीमा ३३ नेपाली अलपत्र, उद्दारका लागि अाग्रह

    फागुन १३ । साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिनादेखि काम र तलव पाएका छैनन् ।

    शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन गरेको सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरुलाई उद्धार गर्न उनीहरुले आग्रह गरेका छन् ।

    अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेक बहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्का लगायत ३३ जना रहेको जानकारी गराएका छन् ।

    लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएका उनीहरुले पहिले–पहिले काम गरेकोको तलव पनि पाएको र पछि हुँदै भएपछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् ।

    पछिल्लो ६ महिनादेखि उनीहरुलाई मासिक ५० रियाल मात्रै दिँदै आएको बताएका छन् । अकामा कार्डको म्यादपनि सकियोले आफूहरु जोखिम रहेको भन्दै दूतावासलाई गुहारेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture