![]() |
जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन्।
“सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रमी अब्देल रहमानले एएफपीसँग जानकारी दिए।
घटना भएको ठाउँ होम्स सन् २०१४ को मेदेखि पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको छ। तर पनि बम आक्रमण हुने क्रम भने दोहोरिइरहेको छ। गत वर्षको सुरुमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो।
पछिल्लो विस्फोटनमा मृत्यु भएकालाई “सहिद” भन्दै सरकारी टेलिभिजनले समवेदना प्रसारण गरिरहेको छ। घटनाको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन। रासस-एएफपी
![]() |

No comments:
Post a Comment