![]() |
अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद हार व्योहोरेको छ । दुवै इनिङमा गरी भारत अष्ट्रेलियासँग ३ सय ३३ रनले पराजित भएको हो । पहिलो इनिङमा १ सय ५ रनमा अल आउट भएको भारतले दोस्रो इनिङमा पनि १ सय ७ रन मात्र बनाउन सक्यो ।
४ सय ४१ रनको लक्ष्य पाएर दोस्रो इनिङ सुरु गरेको भारत तेस्रो दिनमै १ सय ७ रनमा अल आउट भयो । पहिलो दिन टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो भने दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भयो ।
भारतले अष्ट्रेलियामा चार टेष्टको श्रृंखला खेलिरहेको छ ।
![]() |

No comments:
Post a Comment