![]() |
मेषः– समयमा काम हुने छैनन । फाल्टु काममा समय खर्च हुनेछ । यात्राबाट पनि खासै उपलब्धि हासिल हुने छैन । काम गरेर जश पाईने छैन । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
वृषः– आय आर्जनका दृष्टि आजको दिन पनि राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । घर परिवारमा सुख,शान्ति मिल्ने छ ।
मिथुनः– सरल तरिकाले काम बन्ने छन् । तपाईको भरोसा अरुले पनि गर्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव पनि बढ्ला ।
कर्कटः– धार्मिक क्षेत्रमा खर्च बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । वुद्धि विवेकको दुरुपयोग हुन नदिनु होला । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।
सिंहः– सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ ।
कन्याः– वैदेशिक कारोवारमा सफलता मिल्नेछ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
तुलाः– काम गर्दा–नोकरी तथा राजनीतिमा स–साना झन्झट आईलाग्न सक्छन् सोच विचार गर्नु होला । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । विारोधीले अवरोध पु¥याउन सक्छन सतर्क रहनु होला ।
वृश्चिकः– दिन मध्यम खालको छ । मेहनत गरेर काम गर्नु भयो भने सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला ।
धनुः– घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ सतर्क हुनु होला । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।
मकरः– परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।
कुम्भः– आफन्तबाट नै धोका दिने काम हुन सक्छ होशियार रहनु होला । चर्का कुरातिर नलागि काम गर्नु होला । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुने छ ।
मिनः– समयले साथ दिने छ,अवसरको पूर्ण सदुपयोग गर्नु होला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै छ ।
सूर्योदयबाट विहान ७ वजेर ५७ मिनेटसम्म लाभ र ९ वजेर २३ मिनेटसम्म अमृत वेला भएको हुदा यो समय भित्र पश्चिम दिशाको यात्रा शुभ रहेकोछ । कुनै पनि काम पश्चिम फर्किएर गर्दा शुभ हुनेछ । तर सिंह,धनु र कुम्भ राशिको लागि समय अशुम रहेको हुदा विचार पु¥याउनु पर्ने हुन्छ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
![]() |

No comments:
Post a Comment