• Breaking News

    Sunday, February 26, 2017

    नेपालद्धारा जापानलाई १० गोल

    फाल्गुन १५, २०७३- पाँचौ एसियन आप्रवासी फूटबल लिगको पहिलो खेलमा नेपालले जापानबिरुद्ध १० गोल गर्दै आफ्नो यात्रा अगाडि बढाएको छ ।

    कतार फुटवल एशोसियसनद्धारा दोहामा शुक्रबार राती सम्पन्न खेल अबधीभर नेपालले शशक्त उपस्थीति देखायो । खेलमा शिव श्रेष्ठ र अर्जुन सुब्बाको ह्यट्रिक रह्यो । गणेश खड्काले २, अमिर श्रेष्ठ र अनिल धिमालले १–१ गोल गरेका थिए ।



    नेपाली फुटबल टिमका प्रशिक्षक सञ्जिव वाइवाले नेपालमा ए डिभिजन खेल खेलिसकेका खेलाडीको उपस्थीतिले टिम बलियो भएको भएको बताए । खेलको चौथो मिनेटमा अमिरको पासमा अर्जुन सुब्बाले पहिलो गोल गर्दै खाता खोलेका थिए ।



    त्यसको एक मिनेट पछि सुदेश श्रेष्ठ पासमा शिव श्रेष्ठले अर्को गोल थपेको थियो । खेलको सातौं मिनेटमा सुब्बा, नवौ मिनेटमा धिमाल, सोह्रौं मिनेट शिव, २५ औ मिनेटमा गणेश, ३३ औ मिनेटमा अर्जुनले गोल गरेका थिए ।

    ३४ औ मिनेटमा शिवले पनि आफ्नो ह्यट्रिक कायम गरे । ३९ औं मिनेटमा टिम कप्तान अमिर श्रेष्ठ गोल गरे । खेलको ५८ औ मिनेटमा जर्सी न. ९ का गणेश खड्काले गोल गर्दै नेपालको गोल सख्या १० मा पुगेर रोकियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture