• Breaking News

    Friday, February 10, 2017

    सरकारलाई धुर्मुसको सुझावः रकेटको गतिमा काम गर, जनताको आँगनमा पाल टाँगेर बस

    २९ माघ, काठमाडौं । तेस्रो बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल ‘धुर्मुस’ले ‘रकेटको स्पिड’ मा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
    धुर्मुस सुन्तली फाउण्डेशनले रकेटको गतिमा काम गरेकाले पुनर्निर्माण सम्पन्न भएको भन्दै सरकारलाई पनि गति बढाउन कट्टेलले सुझाव दिए । ‘साँच्चै देश बनाउने र मुलुकलाई आर्थिक समृद्धितर्फवाट लम्काउने हो भने रकेटको गतिमा काम गर्नुपर्छ, अनि मात्रै देश बन्छ ।’
    दुईवटा एकीकृत वस्ती निर्माण सकेर मुसहरका लागि तेस्रो वस्ती निर्माणमा जुटेका सीताराम शुक्रबार मुसहर बस्ती जाँदै थिए । कुराकानीको क्रममा भने ‘यो एक महिनामा ३५ प्रतिशत काम सकिएको छ । बैशाख १ गते स्थानीयलाई बस्ती हस्तान्तरण गर्छौं ।’
    धुर्मुस सुन्तली फाउण्डेशनले दुई बस्ती निर्माण गरिसक्दा सरकारले भने देखिने काम अझै गर्न सकेको छैन । किन होला ? सीताराम भन्छन् ‘पुनर्निर्माण प्राधिकरणको कागजी प्रकृया अलि सुस्त छ ।’
    त्यसो त कतिपय जिल्लामा शहरी विकास र भवन निर्माण विभागवीच समन्वयको अभाव भएको पनि महसुस् गरेका छन् उनले । प्राधिकरणका सीईओ डा. गोविन्द पोखरेलबाट आफु प्रभावित भएको धारणा राख्ने धुर्मुसले पुनर्निर्माण गर्न केही सुझावसमेत दिए ।
    जनताको आँगनमा पाल टाँगेर बस
    भूकम्प प्रभावित जिल्लामा गाउँ-गाउँमा घर बनाउने क्रम सुरु भए पनि प्राविधिक एवं अन्य कर्मचारी सदरमुकाम केन्दि्रत छन् । पुनर्निर्माणमा संलग्न जति पनि कर्मचारी छन् ति सबै गाउँमै बस्नुपर्ने सुझाव दिए उनले । उनी भन्छन् ‘यदि साँच्चै पूर्ननिर्माण समयमै गर्ने हो भने प्राविधिकहरु गाउँ गाउँमा गएर जनताको आँगनमा पाल टाँगेर बस्नुपर्छ सदरमुकाम बसेर हुन्न ।’
    सरकारले प्रोत्साहन मात्रै गरे पुग्ने भन्दै उनले भने ‘आफ्नो घर, बाटो जनता आफैंले बनाउनुपर्छ भनेर जनतालाई जागरुक बनाउनुपर्छ । सरकारको काम त समन्वय मात्रै हो ।’ कतिपय भूकम्प पीडित आफ्नो घर आफैं बनाउन सामथ्र्यवान भए पनि सरकारी समन्वयको अभावमा अल्मलिइरहेको बताए ।
    भूकम्पपछि सरकारी अनुदानमा घर बनाउनेहरुले सबैभन्दा पहिला नक्सापास गर्नुपर्छ भने दोस्रो किस्ताको रकम लिनका लागि नक्सा अनुरुप जग छ भनेर प्रमाणित गराउनुपर्छ । त्यही काम कतिपय जिल्लामा यति झन्झटिलो छ कि कतिपयले नक्सा पास गराउन र जग देखाउदैँमा केहि रकम खर्च गरिसकेका हुन्छन् ।
    दुईवटा एकीकृत वस्ती निर्माण सकेर मुसहरका लागि तेस्रो वस्ती निर्माणमा जुटेका सीताराम शुक्रबार मुसहर बस्ती जाँदै थिए । कुराकानीको क्रममा भने ‘यो एक महिनामा ३५ प्रतिशत काम सकिएको छ । बैशाख १ गते स्थानीयलाई बस्ती हस्तान्तरण गर्छौं ।’
    धुर्मुस सुन्तली फाउण्डेशनले दुई बस्ती निर्माण गरिसक्दा सरकारले भने देखिने काम अझै गर्न सकेको छैन । किन होला ? सीताराम भन्छन् ‘पुनर्निर्माण प्राधिकरणको कागजी प्रकृया अलि सुस्त छ ।’
    सीताराम भन्छन् ‘प्राविधिकलाई गाउँमै राख्ने व्यवस्था गर्ने हो भने गाउँलेले दुःख पाउने अवस्थाको अन्त्य हुन्छ र प्राविधिकले पनि अपजस पाउँदैनन्’ भूकम्प प्रभावित जिल्ला जिल्लामा प्राधिकरणको शाखा खोलेर प्रमुख नियुक्त गर्न सुझाव दिए उनले । ‘प्रत्येक जिल्लामा शाखा खोेल्ने सीईओ नियुक्ति गर्ने र जिल्लाहरुवीच प्रतिस्पर्धा गर्नुपर्छ’ उनले भने ।
    हरेक जिल्लामा सीईओ नियुक्त गरेपछि सबैभन्दा छिटो काम सकाउने जिल्लालाई राज्यवाटै ‘प्नर्निर्माण हिरो’ अवार्डको व्यवस्था गर्ने हो भने पुनर्निर्माणको काम छिटो सम्पन्न हुने सीतारामको भनाइ छ । ‘यदि साँच्चै देश बनाउने हो भने अब प्रभावित जिल्लामा प्रतिस्पर्धाको व्यवस्था गर्नैपर्छ’ उनले भने ।


    म कुनै पार्टीमा छैन
    सीतारामको चुलिँदो लोकपि्रयताले आगामी निर्वाचनमा कुनै पार्टीले उम्मेदवार बनाउने समेत चर्चा छ । कतिपयले उनलाई एमालेअध्यक्ष केपी ओली निकट भनेर पनि चर्चा गर्छन् । तर, आफु अहिलेसम्म कुनै पार्टीमा आवद्ध नभएको धुर्मुसले दाबी गरे । ‘म अहिलेसम्म कुनै पार्टीमा आवद्ध छैन, मात्रै कलाकार पार्टीमा छु’ उनले भने ।
    आर्थिक समृद्धिविना मुलुकको विकास सम्भव नहुने धारणा राख्ने सीतारामले स्वतन्त्र जनताले अघि बढ्न आग्रह गरे भने पछि नहट्ने बताए । ‘देश बनाउन खटिएको मान्छेलाई कसैले तँ अघि बढ् भन्यो भने पछि हट्ने कुरा हुँदैन । मैले अहिले केही गाउँका जनताको सेवा गरेको छु, अवसर पाए सिंगै देशको सेवा गर्न सक्छु ।’

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture