• Breaking News

    Saturday, February 11, 2017

    कम्पनी छोड्दा पाउने हिसाब अब मन्त्रालयको वेबसाइट बाटै निकाल्न सकिने

    कामदारहरुको सजिलो को लागी प्रशासनिक बिकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा नयाँ लिकंको शुरुवात गरेको छ । उक्त लिकं मार्फत कामदारहरुले आफ्नो ग्रेज्युटीको हिसाब गर्न सक्नेछन् ।

    लिकंमा आफुले कार्यरत कम्पनीमा काम गर्न सुरु गरेको मिती,कम्पनी छाड्ने मिती,न्युनतम तलब र आर्जित दिन प्रति वर्षको विवरण दिएर आफ्नो हिसाब हेर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा मन्त्रालयले पारदर्शिताको पक्का गर्न तथा श्रमिकहरुलाई आफ्नो अधिकार बारे सजग गराउन सुरुवात गरेको मन्त्रालयले जनाएको छ । इन्ड अफ सर्भिस २००४ को कानुन नं १४ अन्र्तगत हिसाब गरिनेछ ।

    कसरी हेर्ने हिसाब वेबसाइट बाट ?
    १. http://e.mol.gov.qa/CalculationService/(S(qkmyfmv4s2rhsmzrw5do1dok))/Default.aspx
    लिंक खोल्नुहोस,लिंक खोल्दा अरबिमा आउनेछ ।  । त्यसलाई अनुवाद गर्नुहोस , अनुवाद पछी यस्तो यस्तो हुनेछ ।
    २. Service start date मा कम्पनीमा काम गर्न सुरु गरेको मिती हाल्नुहोस
    ३.The date of termination मा कम्पनी छाड्ने मिती दिन हाल्नुहोस
    ४.Basic monthly salary मा न्युनतम तलब हाल्नुहोस्
    ५.Accrued days for each year मा आर्जित दिन हाल्नुहोस
    ६.त्यसपछि मा थिचेर आफ्नो हिसाब हेर्न सकिनेछ ।

    आर्जित दिन (Accrued Days)
    एउटै कम्पनीमा ५ वर्ष भन्दा कम काम गरेको खण्डमा २१ दिन हुनेछ ।
    एउटै कम्पनीमा ५ वर्ष भन्दा बढी १० वर्ष भन्दा कम काम गरको खण्डमा २८ दिन हुनेछ ।
    एउटै कम्पनीमा १० वर्ष भन्दा बढी काम गरको खण्डमा ३५ दिन हुनेछ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture