• Breaking News

    Friday, February 10, 2017

    मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

    राजविराज- नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्।

    राजविराजस्थित शिव मन्दिर प्रांगनमा संघको सम्मेलन सुरु हुनैलाग्दा शुक्रबार मोर्चाका कार्यकर्ताले नारावाजी गर्दे कार्यक्रममा अवरोध पुरयाएका थिए।

    मोर्चाका नेता कार्यकर्ताहरुले नेपाल मजदुर किसान पार्टी संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रेको बताए। मोर्चा कार्यकर्ताले नारावाजी र प्रदर्शन चर्काएपछि प्रहरीसित केहीबेर झडपसमेत भएको थियो।

    प्रहरीले मोर्चा ५० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। मोर्चा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरी घेरामा संघको राष्ट्रिय सम्मेलन सुरु भएको छ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भने आएका छैनन्। सम्मेलनको उदघाटन गर्न बिजुक्छे आउने कार्यक्रम थियो। नेता सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture