• Breaking News

    Monday, February 20, 2017

    news

    क्वालालम्पुर— रहस्यमय तरिकाले हत्या गरिएका उत्तर कोरियाका सर्वोच्च नेताका सौताने दाजु किम जोङ नाममाथि मलेसियाली विमानस्थलमा भएको आक्रमणको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

     उनको पछाडि आएकी एक जनाले केही बेरसम्म मुखमा रगडेको देखिएको छ। आक्रमणपछि ती महिला त्यहाँबाट नअात्तिई फरक दिशातर्फ लागेको भिडियो फुटेजमा देखिन्छ। त्यस लगत्तै किम विमानस्थल कर्मचारी तथा सुरक्षा अधिकारीतर्फ गएको समेत भिडियोमा देखिएको छ।
    सोमबार मकाउ जानका लागि नाम मलेसियाको बजेट ट्रनिमलमा विमान पर्खिरहेका थिए। त्यही बेला एक जनाले पछाडिपट्टिबाट समाते। त्यस लगत्तै उनी बेहोस भएर लडेका थिए। विमानस्थल ट्रान्जिटमा मान्छे ढलेको देखेपछि अन्य यात्रुले प्रहरी डेस्कमा खबर गरेका थिए।

    हत्यामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको नाम सुरुदेखि नै जोडिँदै आएको छ। भर्खरै जापानी टेलिभिनज फुजीले सो घटनाको सिसिटिभी फुटेज प्रसारण गरेको छ।

    सिसिटिभी फुटेजमा विमानस्थल टर्मिनलको टिकट काउन्टरमा नाम उभएको प्रस्ट देखिन्छ। त्यही बेला दुई फरक दिशाबाट दुई महिला उनीतर्फ आएको देखिन्छ। उनको पछाडि आएकी एक जनाले केही बेरसम्म मुखमा रगडेको देखिएको छ। आक्रमणपछि ती महिला त्यहाँबाट नअात्तिई फरक दिशातर्फ लागेको भिडियो फुटेजमा देखिन्छ। त्यस लगत्तै किम विमानस्थल कर्मचारी तथा सुरक्षा अधिकारीतर्फ गएको समेत भिडियोमा देखिएको छ।

    मलेसियाली प्रहरीले हत्यामा संलग्न दुई भियतनामी महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। विमानस्थलमा विष खुवाएर नामको हत्या गरिएको बताइन्छ।

    हत्याका लागि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हात रहेको अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाउँदै आएका छन्। नामको हत्यामा उत्तर कोरियाली सरकारै संलग्न हुनसक्ने अनुमान अमेरिका तथा दक्षिण कोरियाले गर्दै आएका छन्। नामको ४५ वर्षको उमेरमा सोमबार मलेसियामा हत्या भएको थियो। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्।

    उत्तर कोरियामा किम जोङ उन सर्वोच्च नेता बन्नु अघि उनलाई शासनको उत्तराधिकारीको रुपमा पनि हेरिएको थियो। अधिकांश समय चीनको जुवा स्वर्ग मकाओमा बस्दै आएका उनी चिनियाँ अर्थिक क्रान्तिबाट प्रभावित थिए। सन् २०११ मा उनलाई उदृत गर्दै जापानी मिडियाले उनी वंश सत्ताविरुद्ध भएको जनाएको थियो। उत्तर कोरियाको शासकीय शैली पुरानो भएको भन्दै उनले चीनको जस्तो आर्थिक नीति लागू गर्नुपर्ने धारणा राख्दै आएका थिए।

    नाम बेइजिङको संरक्षमा रहेको दक्षिण कोरियाको विश्वास छ। उनकी श्रीमती समेत चीन नियन्त्रित मकाउकै हुन्। नामका छोरा बेइजिङ बस्दै आएका छन्।<iframe width="800" height="427"

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture