![]() |
उनलाई युएईको रस अल खैमह स्थित सैफ अस्पतालको ‘साइकियाट्रिक वार्ड’मा राखिएको छ । उनी दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम गर्थे । गत जनवरी २ तारिक देखि कम्पनीबाट सम्पर्क विहिन भएका उनलाई जनवरी २२ अजमानमा रहेको खालिफा अस्पतालबाट रस अल खैमह स्थित सैफ अस्पतालमा सरुवा गरिएको थियो ।
उनलाई बेवारीसे अवस्थामा अस्पताल ल्याईएका अस्पतालले जनाएको छ । अस्पतालले नै खोजी गरी काम गर्ने कम्पनी पत्ता लागेको हो । कम्पनीले भने खाती अस्पतालमा उपचार गरिरहेको थाहा पाए पश्चात उनलाई प्रहरीमा भागौडा भनेर रिपोर्ट गरेको अस्पताल श्रोतले बताएको छ । “शेरबहादुर कम्पनी छोडेर भागेको हो, हामीले प्रहरीलाई खबर गरेका छौं अरु जान्दैनौं,’ कम्पनीको भनाइलाई उद्धत गर्दै अस्पतालमा कार्यरत एक नेपालीले भने ।
उनको टाउकोमा र हात खुट्टामा चोट लागेका दागहरु छन । अस्पतालका अनुसार चोटका कारण खातीको “ब्रेन हेमरेज“ भएको थियो । उनलाई लामो समय सम्म पारिवारिक वातावरणमा उपचार गर्नु पर्ने अस्पतालले जनाएको छ । मानसिक रुपमा बिच्छिप्त खाती केही बोल्न सक्ने भएका छन् । ‘मलाई कम्पनीको गाडीले हिर्काएर घाइते बनाएको हो,’ शेरबहादुरले भने, ‘नेपाल जान चाहन्छु ।’
![]() |

No comments:
Post a Comment