![]() |
कालो चना :
यसमा एन्टीअक्सिडेन्ट हुनुका साथै फाईबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउदछ ।
कालो नुन :
कालो नुनमा आईरन तथा क्याल्सियम पाईन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरि हड्डी बलीयो बनाउदछ ।
कालो तिल :
यसमा पोटासियम र फाईवर पाईन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाईदा पुर्याउछ ।
ब्ल्याक कफि :
यसमा शरिरभित्र रहेको विकार हटाउने तत्व पाईन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ ।
कालो अंगुर :
यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाईन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ ।
डार्क चकलेट :
डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाईदा पुर्याउछ । डार्क चकलेटमा फ्लेवोनाईट्स तत्व अत्याधिक मात्रामा पाईने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउछ ।
कालो मरिच :
यसमा प्रोटिन प्रशस्त मात्रामा पाईन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलीयो बनाउछ ।
कालो चिया :
कालो चियामा अमिनो एसिड र एन्टीएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलीदिन्छ ।
![]() |


No comments:
Post a Comment