![]() |
यस वर्षको शिवरात्रि लागि बुधबारसम्म डोलेश्वर महादेव मन्दिर दर्शनका लागि १७५ साधुसन्तको आइपुगेको र बिहीबार करिब ५ सय साधुसन्त तथा नागाबाबा आइपुग्ने समितिले जनाएको छ । जसमध्ये ‘क’ वर्गका साधुसन्त तथा नागाबाबाका लागि ११ सय ११, ‘ख’ वर्गका लागि ७७७ र ‘ग’ वर्गका लागि ५५५ रुपैयाँ दक्षिणा तथा १/१ थान कम्बल, २/२ थान धोती र १/१ थान कमण्डलु प्रदान गरिने समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले बताए ।
मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रिका लागि सर्वसाधारण भक्तजनका लागि मन्दिरका चारैढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भगृहमा प्रवेशका लागि खुला गरिने जनाएको छ ।
समितिले शिवरात्रि पर्वको तयारी पूरा भएको र यसका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समिति कोषाध्यक्ष विश्वराम थापाले बताए । शिवरात्रिका दिन पञ्चस्नानका लागि ११ सय र यस वर्षदेखि शिवरात्रिका दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहने भक्तजनका लागि ११ हजार १ सय ११ को रसिद काटी सामेल गरिने उनले बताए ।
मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपान, धुनी बाल्न दाउराको व्यवस्था गरेको थापाले बताए । दाउरा स्थानीय सामुदायिक वन उपभोक्ता समूहले दिएको छ । त्यस्तै, शिवरात्रिका लागि मन्दिर आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था मानव सेवा संघ कुलेश्वरले गर्ने समितिले जनाएको छ ।
![]() |


No comments:
Post a Comment