• Breaking News

    Friday, February 10, 2017

    विश्वकै उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका सन्दीप लामिछाने

    काठमाडौं, २९ माघ - नेपालका सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा समावेश भएका छन्।

    नेपालका १६ बर्षीय सन्दीप विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका हुन्। क्रिकेट सम्बन्धी अनलाइन अल आउट क्रिकेटले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको अन्तिम अर्थात ३० औँ नम्बरमा राखेको हो।

    विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको हो। सूचीमा नेपालका  सन्दीपलाई भावी यासिर साहको संज्ञा समेत दिएको छ।

    यो सूचीमा २२ वर्ष उमेर समुहका युवा क्रिकेटरहरु समावेश गरिएका छन्।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture