 |
ज्योति लाग्ला तिमीलाई खुब राम्रो काम गरे ,स्टेजमा देखाउदा हेर्नेको लास्कार लाग्यो ,हो तिम्रो एक हिसाबमा जति चर्चा भयो त्यो भन्दा बढी बदनाम पनि ।एक त् हाम्रो समाजले पचाउन नसक्ने ती चिजहरु जसले आफ्नो नारीत्वलाइ सधै जोगाइराख्न सहयोग गर्छ तिनै बस्त्रको दुरुपयोग गरेर आफ्नो अंग पर्दशन गर्ने तिम्रो यो बानी निकै घिनलाग्दो छ जसले गर्दा समाज मात्रै हैन सिंगो कलाकारिता क्षेत्रमा लाग्ने कलाकारहरुको पनि नाम बदनाम हुदै गएको छ ।तिमीलाई थाह छ ?तिम्रो कारण कति ब्यतिलाई असर पर्छ ? हुनत् तिमीलाई के मतलब ।मेरो कारण यसलाई एस्तो होस् त्यस्तो होस् भन्नै परेन बरु तिम्रो बिचारमात झन् मेरो बारेमा लेखिदिए हुन्छ भन्ने भावना छ ।यहाँ प्रतिस्पर्धा रहेछ शरीर देखाउने पनि कहिले रिया त् कहिले ज्योती बास तिमीहरुको यो अहियात नाटक हामीले हेर्नु छैन । आफुलाई सहि गन्तव्यमा लग्नलाई तिमीले सोच्नु पर्छकि म अझै हजारौ बर्ष यो क्षेत्रमा आफ्नो नाम लेखाउनु पर्छ जुन समाजले पचाउन सक्ने राम्रो काम तर तिम्रो विचार ठिक यसको बिपरित छ ।आज कति देखाउदा दर्शक उफ्रन्छन भनेर देखाउने प्रतिस्पर्धा हुन थालेको छ ।तिमीले यसलाई स्थान दिदै छौ ।देखाउ ज्योति देखाउ तिम्रो अब हेर्नेहरुले हेर्न छाडिसके बरु तिमीले देखाउने भए त्यस्तो चिज देखाउ जुन चिज समाजले तिमीलाई माफी दिन सक्ने कुनै आधार होस् ।सक्छौ अरुले एस्तो देखाउछ भने जोगाउने काम गर ।पछी पछुताउनु पर्छ ज्योति तिमीले ।एक दिन आफ्नो ठुलो गल्ति भयो भनेर आम दर्शकको बिचमा माफी माग्नु भन्दा पहिले सोच विचार गर फेरी यसको परिणाम तिमीले उल्टो भोग्नु पर्यो भने तिमिलाईनै अप्ठ्यारो पर्नेहोकि ?

 |
No comments:
Post a Comment