• Breaking News

    Wednesday, February 22, 2017

    विहिबार देखि फेरी वर्षा

    कतारमा यो हप्ता को अन्त्य सम्म पुन: वर्षाको सम्भावना देखिएको छ । देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कतार मौसम विभागको अनुसार असन्तुलित मौसम विहिबार देखि सुरु भई हप्ताको अन्त्य सम्म रहनेछ ।  मौसम बदली भई हल्का वर्षा  सहित केही स्थानमा मेघ गर्जन समेत हुनसक्नेछ ।
    बिबिसीको पूर्वानुमान अनुसार त्यसबेला कतारकोे उच्च तापक्रम २० देखि २२ डिग्री सम्म रहनेछ भने न्युनतम तापक्रम १२ देखि १४ डिग्री सम्म रहनेछ । कतार मौसम विभागले यो बेलामा समुन्द्री क्रियाकलाप नगर्न आग्रह समेत गरेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture