• Breaking News

    Thursday, February 23, 2017

    आज मिती २०७३ साल फागुन १३ गते शुक्रबारः– हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

    “ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नमः ।”



    श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल फाल्गुन १३ गते शुक्रबार, नेपाल सम्बत ११३७ सिल्लागा,सन् २०१७ फेब्रुअरी २४ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती ८ वजेर ४९ मिनेटसम्म, श्रवण नक्षत्र अहोरात्र, वरियनयोग, गरकरण, आनन्दादियोग ध्रुम्र, सूर्य कुम्भ राशीमा, चन्द्रमा मकर राशीमा ।

    मेषः– समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् ।

    वृषः– आज पनि समयले पूर्ण साथ दिने देखिन्न । बाह्य काममा समय बढि खर्च हुनेछ । गरेका धेरै जसो काम अधुरा रहने छन् । गुमेको आस्था र विश्वास थोरै पलाउने छ ।

    मिथुनः– दिन प्रतिकुल बन्दै छ काम गर्दा होशियार भएर गर्नु होला । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । खानपान आहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

    कर्कटः–विचारमा परिवर्तन आउनेछ । नयाँ नयाँ कामको अवसर आउनेछ । कार्य लगनशिलता बढ्नेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

    सिंहः– शत्रु बढ्ने छन् काम गर्दा सजग सतर्क भई गर्नु होला । काम गर्दा विभिन्न समस्या आउने पनि देखिन्छ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन् । मेहनतको फल भने पाईनेछ ।

    कन्याः– निणर्य क्षमतामा ह्रास आउन सक्छ जसका कारण कामबाट फाइदा लिन सकिने छैन । यात्रामा कठिनाइ उत्पन्न हुनसक्छ । काम गर्दा सन्तुलन राखेर गर्नु होला । अल्प लाभ हुनेछ ।

    तुलाः– घरयासी समस्याबाट पीडित हुनु पर्ने छ । अनावस्यक झन्झट आइलाग्ने छन् । भौतिक सम्पति चोरी, हराउन वा नास हुनसक्छ । शारीरिक शिथिलता बढ्ने देखिन्छ ।

    वृश्चिकः– काम गर्ने जोश जागर बढ्नेछ । मनमा उत्साहा पनि बढ्ला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ र गरेका कामबाट लाभ लिन पनि सकिने छ । व्यापारबाट आम्दानी बढ्नेछ ।

    धनुः– आफुले सोचे जस्तो दिन छैन ,ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तको धेरै भर नपर्नु होला धोका हुनसक्छ । प्रयत्नपूर्वक गरेका काम भने सफल हुनेछन् ।

    मकरः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य क्षमता पनि बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ ।

    कुम्भः– दिन प्रतिकुल बन्दै छ जोखिम मोलेर काम नगर्नु होला । अनावश्यक काममा समय खर्च हुनेछ । व्यापारमा घाटा हुने देखिन्छ । विना उपलब्धिका काममा धन खर्च हुनेछ ।

    मिनः– काम गर्ने उत्साहामा वृद्धि हुनेछ,काम पनि बन्ने छन् । घर परिवारबाट सहयोग सुख शान्ति मिल्ने छ । आम्दानीका नयाँ स्रोत देखा पर्ने छन् । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।

    “गताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।”

    - See more at: http://etajakhabar.com/02/24/77366#sthash.QKFhog0B.dpuf

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture