![]() |
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल फाल्गुन ११ गते बुधबार, नेपाल सम्बत ११३७ सिल्लागा,सन् २०१७ फेब्रुअरी २२ तारिक कृष्णपक्ष एकादशी तिथि साँझ ७ वजेर ११ मिनेटसम्म, पूर्वषाढा नक्षत्र राती ४ वजेर २४ मिनेटसम्म, सिद्धियोग, बालवकरण, आनन्दादियोग श्रीवत्स, सूर्य कुम्भ राशीमा, चन्द्रमा धनु राशीमा ।
मेषः– कुनै पनि काम गर्दा इज्जत प्रतिष्ठाको ख्याल राखेर गर्नु होला । आफ्ना काम भन्दा बाहिरी काम बढि हुनेछन् तर काम गरेर जश कम मिल्नेछ । यात्राको योग देखिन्छ ।
वृषः– समयले साथ दिने छैन । आशक्ति पन बढ्ने छ । काम गर्दा विचार पु¥याउन सकिएन भने रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ ।
मिथुनः– दिन सामान्य अनुकुल देखिन्छ उतार चढावका वीचमा काम बन्ने छन् । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन्,सतर्क भई काम गर्नु होला । आम्दानी बढ्नेछ ।
कर्कटः– साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । भय त्रासले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्ने छ ।
सिंहः– यात्रामा कठिनाई आउनेछ । काम गर्दा अन्योलता बढ्नेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुने छैन । उच्चमनोबलका साथ काममा लाग्नु होला थोरै सफलता मिल्नेछ ।
कन्याः–घरमा समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । गरेका काम विवादित हुने छन् । आफुमा भएको उर्जाको सदुपयोग गर्न सकिने छैन । व्यापारमा गिरावट आउने छ ।
तुलाः– काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।
वृश्चिकः– ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । भाग्यले साथ दिने छैन ।
धनुः– कामलाई निरन्तरता दिनु होला ,प्रयत्न गरे काम बन्ने छन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् ।
मकरः– पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यले पनि साथ दिने छैन । फजुल खर्च र झुट्टा आरोप लाग्न सक्छ ।
कुम्भः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला ।
मिनः– कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । गरेका काम प्राय सफल हुने देखिन्छ । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला ।
![]() |

No comments:
Post a Comment