• Breaking News

    Monday, February 20, 2017

    मोर्चाले गर्यो मधेस बन्दसहित १६ दिने आन्दोलनको घोषणा

    काठमाडौं : सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार साँझ तराईं मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को कार्यालयमा बसेको मोर्चाको बैठकले फागुन १० अर्थात् मंगलबारदेखि फागुन २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    मोर्चाले फागुन १० गतेदेखि २६ गतेसम्म १६ दिने अन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा कोणसभा, मसाल जुलुसदेखि मधेस बन्दसम्मका कार्यक्रम रहेका छन् ।

    मोर्चाले घोषणा गरेको आन्दोलन
    फागुन १० गते मसाल जुलुस र कोणसभा,
    फागुन ११ गते मधेस बन्द,
    फागुन १२ देखि २६ गतेसम्म निर्वाचन मिति घोषणा विरुद्ध भन्डाफोर कार्यक्रम ।

    सँगै मोर्चाले यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको नभएको भन्दै आपत्ति जनाएको छ ।

    सोमबार साँझ सरकारले निर्वाचन मिति घोषणा गरेलगत्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगै मधेसवादी दलका नेताहरु महेन्द्रप्रसाद यादव, राजेन्द्र श्रेष्ठ, सुनिल सिंहलगायतले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture