![]() |
कतारमा एक-दुइ दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ, आइतबार कतारको मौसम चिसो अनुभूति गरिएको छ अझै दुइ-चार दिन चिसो बढ्ने अनुमान गर्न सकिन्छ !
कतार मौसम विभागले जनाए अनुसार आज भारि हावाहरि चल्ने र कतै कतै अस्पष्ट दृश्यता भइ नजिकैको बस्तु राम्रो संग नदेखिने भएकाले सवारी साधन चलाउदा र बाटो क्रसगर्दा सुरक्षित रहनु होला !
एक हप्ता देखि कतारको तापक्रम घट्ने क्रममा रहेको थियो जुन हिजोको बर्षात पछी झनै चिसोको महसुस गर्न सकिन्छ ! आज बिहानको तापक्रम हेर्ने हो भने अल-खोर क्षेत्रमा १०C, मिसाइड क्षेत्रमा ११C र दोहामा १२C रहेको छ आज देशै भरि मौसम चिसो रहेकाले बाहिरी क्षेत्रमा काम गर्ने नेपाली कामदार हरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु आवस्यक छ !
अलखोर,टुरय्ना, अल रायन र कतारको अन्य स्थानहरुमा हिजोको तापक्रम 13C रेकर्ड गरिएको थियो यद्यपि कतार युनिभर्सिटी क्षेत्र र हमाद अन्तराष्ट्री एरपोर्ट तिरको तापक्रम भने सामान्य जस्तै जस्तै थियो जुन 16C मापन गरिएको थियो !
मौसम विभागले जनाय अनुसार सामुन्द्रिक अपतटीय क्षेत्रमा समुन्द्रको तह १३ फिट सम्म बढ्न सक्ने भएकाले र धुलो मिसिएको हावा हुरी चल्न सक्ने भएकाले त्यस क्षेत्रमा अत्यन्तै सावधानी अपनाउन भनेको खबर गल्फ टाइम्सले उल्लेख गरेको छ !
कतारको विभिन्न ठाउँहरुमा जम्मा भएको पानिलाइ ४५ पम्प ३४९ वाटर ट्यांकर र ५४२ जना कामदार लगाएर बलदियाको टिमले हिजो दिउसो सम्म १०५.८ मिलियन ग्यालन पानि तानेर अन्तै फालेको थियो !
त्यसैगरी साउदी अरबको जेददा, दमाम गरि गरि देशको धेरै भागमा चिसो मौसमको अनुभूति गर्न सकिन्छ ! साउदी अरबमा यो बर्षकै सबैभन्दा धेरै वर्षा भएको थियो !
![]() |


No comments:
Post a Comment