• Breaking News

    Monday, February 20, 2017

    सामाजिक सञ्जालमा भाइरल हुँदैछ ‘डोजर’, के हो यसको रहस्य ?

    ९ फागुन, काठमाडौं । आजभोलि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘डोजर’ ट्रेन्डले हंगामा मच्चाएको छ । यससँग सम्बन्धित तस्वीरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।

    भाइरल बन्दै गएको डोजरको प्रशंगमा धेरैजसो प्रयोगकर्ता कुहिरोको कागजस्तै बनेका छन् । तर, पनि गौणरुपमा भाइरल भइरहेको ‘डोजर’ शब्द र त्यसका तस्वीरलाई सेयर गर्ने जमात ठूलो छ ।


    फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ । कतिले यसका बारेमा स्पष्ट पारिदिन अनुरोध गर्दै सामाजिक सञ्जालमै जिज्ञासा पोखेका छन् ।

     Follow
     डोजरको खलासी 😂 @jee_0ne
    दया लागेर आउँछ ! 
    जस्ले अझै डोजर काण्ड के हो भनेर सोध्छन 😂😂


    तरकारीवाली र एनसेलको रातो नम्बरको ट्रेण्ड सेलाउँदै गर्दा ‘डोजर’ भाइरल बनेको छ । यसलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा हास्य व्यंग्यात्मक एवं प्रतिकात्मक पोष्टहरु भइरहेका छन् ।

    विशेषगरी फेसबुकमा लोकपि्रय भएका एमएमआर, ब्राह्रमण ग्रुप, दाह्री ग्याङलगायत ग्रुपहरुमा डोजर र त्यससँग सम्बन्धित रोचक तस्वीरहरु धमाधम अपलोड भइहरेको छ । जसको सेयरिङ पनि ठूलो संख्यामा भइहरेको देखिन्छ ।


     Kabindra Koirala @adhunikPOET
    मान्छे म जागिरे नै थिएँ।
    तर डोजर हेर्ने मौका छोड्नु हुन्न भनेर जागिर छोड्दिएँ।

    खासमा के हो डोजर ट्रेण्ड ?
    डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भयो । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा बढ्दो बेरोजगारीसँग जोडेका छन् ।

    सामाजिक सञ्जालमा केही दिन अघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।

    त्यही तस्वीर निकै भाइरल भयो । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए ।

    आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ ।

    यस्तो भीडमा युवाको संख्या नै अत्यधिक देखिन्छ । यसले नेपालका धेरै युवा कामबिहीन हुनुको वास्तविक मर्मलाई दर्शाउँछ ।


    बाँजो खेत र खोरीया छोडेर कोरीया र खरब कमाउन अरब जाने नेपाली युवाहरू आफ़नो देश फर्केपछि फेरि डोजर हेरेर बस्न नपरोस

    खासमा सामाजिक सञ्जाल प्रयोगकर्ताले डोजरलाई बेरोजगारीको समस्यासँग जोडेर भाइरल गराएका हुन् । यसैलाई आधार बनाएर दैनिक हजरौं पोष्टहरु हुन थालेका छन् ।

    त्यसैले युवा अवस्थामै रोजगारी नहुँदा काम गरिरहेको डोजर हेर्नेको भीडमा मिसिएर समय बिताउनुपर्ने नेपाली युवाको भित्री पाटोलाई ‘डोजर’ ट्रेण्डले छोएको छ ।


    आज डोजर हेर्न गाएका हरु भोलि डोजर चालक पनि हुन सक्छ

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture