![]() |
दक्षिण एसियाका चार टेस्ट राष्ट्र भारत, पाकिस्तान,श्रीलंका र बंगलादेश तथा एसियाली क्रिकेट काउन्सिल (एसिसी) का एसोसिएट सदस्य ४ राष्ट्र नेपाल, अफगानिस्तान, संयुक्त अरब इमिरेन्ट्स र हङकङ गरि ८ राष्ट्रको सहभागिता रहने बंगलादेशको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टेस्ट राष्ट्रका खेलाडीसँग एसोसिएट राष्ट्रका खेलाडीलाई खेल्ने मौका दिदा त्यसले एसियामा क्रिकेटको विकास र लोकप्रियता बढ्ने विश्वासका साथ नेसन्स कप आयोजना लागेको सोमबार एसिसीको बैठकपछि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन पापोनले बताएका छन् । मुख्यत इमर्जिङ कप मुख्य यू २३ लाई आयोजना गर्न लागिएको ५० ओभरको प्रतियोगिता भएको बताइएको छ ।
टेस्ट खेल्ने राष्ट्रले यू २३ र एसोसिएट राष्ट्रको सिनियर टोलीको सहभागिता रहने नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । टेस्ट राष्ट्रको यू २३ टोलीमा ४ सिनियर खेलाडी भने राख्न पाउने बताइएको छ ।
बंगलादेश भ्रमणमा निस्कनुअघि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत कीतिपुरमा केन्यासँग मार्च ११ र १३ मा एक दिवसिय खेल खेल्नेछ । मुख्य प्रशिक्षक टमाटाले टेस्ट राष्ट्रका यू २३ कै टोली पनि बलियो हुने भएकाले एसोसिएट राष्ट्रका लागि इमर्जिङ महत्वपूर्ण एक्सपोजर हुने विश्वास लिएका छन् ।
![]() |


No comments:
Post a Comment