![]() |
अनिसाको राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति ११ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको शव राजधानीमा पोस्टमार्टम गरी अन्त्येष्टिका लागि नेपालगन्ज ल्याइने परिवारलाई उद्धृत गर्दै बाँके प्रहरीले जनाएको छ। अनिसाकी डेढ वर्षीया छोरी छन्।

यसैबीच घटनालगत्तै फरार राजेन्द्रलाई बाँके प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ। उनलाई बाँकेको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईले जानकारी दिए। ‘श्रीमतीलाई जलाएर फरार भएका राजेन्द्रलाई हामीले नियन्त्रणमा लिइसकेका छौं,’ एसपी राईले भने, ‘घाईतेको मृत्यु भइसकेको हुनाले अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा कारबाही गर्छौं।’ घाइते अवस्थामा प्रहरीसँग अनिसाले पतिले नै आफ्नो शरीरमा आगो लगाएको बयान दिएकी थिइन्। ‘घाइते अवस्थामा लिएको भिडियो बयान हामीसँग सुरक्षित छ, पतिले नै आफूलाई जलाएको बयान दिएकाले कर्तव्य ज्यान मुद्दामा कारबाही चल्छ,’ राईले प्रस्ट्याए।
![]() |

No comments:
Post a Comment