![]() |
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने देखिन्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घरेलु समस्याले अलमल्याउन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। मेहनत गरीकन चिताएको प्रतिफल उठाउन नसकिए पनि काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा समेत केही काम बन्नेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। आवश्यक भौतिक साधन जोड्ने समय छ। आफन्तजनबाट सहयोग तथा हौसला मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। सामान्य खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम समेत बन्नेछन्।
Sponsored by Revcontent
Trending Now
Millionaire's Habit Makes $6250 Per Day!
Get Paid $875 Everyday From Home in Kathmandu !
How Does This Housewife Make $1420 Per Day?
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिगो योजनामा अघि बढ्न समय प्रतीक्षा गर्नुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। आफ्नै सुरमा काम गर्दा मेहनत खेर जानेछ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरू भेट्ने अवसर जुट्नेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
![]() |

No comments:
Post a Comment