• Breaking News

    Tuesday, February 21, 2017

    धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

    काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ।

    प्राधिकरणको ४८ औं कार्यकारी समितिको बैठकले मंगलबार उनीहरुलाई २०७२ वैशाख १२ को भूकम्पपछिको एकीकृत आवासको विस्तार र पुनस्र्थापनाका लागि सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो।

    एकीकृत वस्ती विकास तथा पुनस्र्थापनामा यी जोडी कलाकारले गरेको इमानदार योगदानको कदर गर्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणको भनाइ छ।

    त्यसैगरी बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता पुसभित्र लिइसकेका भूकम्पपीडितहरुलाई चैत १५ भित्रै दोस्रो किस्ता उपलब्ध गराउने पनि निर्णय गरेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture