• Breaking News

    Saturday, February 11, 2017

    संगठन बचाउन प्रहरीभित्र विद्रोहको संकेत,प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा

    काठमाडौं, २९ माघ –  प्रहरी महानिरीक्षकको नियुक्तिलाई राजनीतिक भागबण्डा बनाउँदै फौजी संगठनको चेन अफ कमाण्ड भताभुङ्ग हुने भएपछि प्रहरीभित्र विद्रोहको संकेत देखिएको छ । राजनीतिक दबाब र आर्थिक प्रभावले प्रहरी संगठनको नियुक्ति, सरुवा र बढुवाको निर्णय हुन थालेपछि प्रहरीभित्रको एउटा समूहले गोप्य बैठक गरी आवश्यकता परे विद्रोहसम्मको योजना बनाएको हो । अति गोप्यरुपमा काठमाडौं नजिकै शुक्रबार भएको उक्त बैठकमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि सहायक निरीक्षकसम्मको उपस्थिति रहेको थियो ।

    प्रहरीभित्रका ७२ हजार जनशक्तिले केही अमुक वरिष्ठ अधिकारीको चाहनालाई राजनीतिक दल र सरकारी संयन्त्रले प्रमुखता ठानेको र सिंगो संगठनलाई धराशयी बनाएको भन्दै विद्रोहको तयारीमा जुटेको हो ।

    फौजी संगठनमा चेन अफ कमाण्डको पहिलो आधार मानिएको वरीयता र वरिष्ठता भत्काउने खेलमा प्रहरीभित्र व्यापक असन्तुष्टि छ । यस्तै, राजनीतिक भागबण्डा, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाब–प्रभाव हावी रहँदा प्रहरी संगठनको वृत्तिविकास, प्रहरीको आधुनिकीकरण र विकाससमेत ठप्प भएको छ । संगठनको सुधार र राजनीतिक दबाब–प्रभावबाट अछुतो राख्न विगतदेखि क्रियाशील र सक्रिय समूहको भेलामा ‘प्रहरीलाई राजनीतिक दलको भातृ संगठन बन्न रोक्न’ हदैसम्मको विरोध र प्रतिकारमा उत्रने सहमति भएको हो । अति गोप्य रुपमा भएको उक्त बैठकले आइतबारका लागि विरोध र प्रतिकारको राणनीति बनाएको हो ।

    राजनीतिक सुरक्षामा निष्क्रियता

    प्रहरीका वरिष्ठदेखि कनिष्ठ अधिकारीको उक्त गोप्य भेलाले आइतबार मन्त्रिपरिषद्को निर्णयले प्रहरीको चेन अफ कमाण्डविपरीत निर्णय गरे तत्काल राजनीतिक दल, मन्त्री र सरकारी सुरक्षामा खटिएका अधिकारीले हतियार बिसाएर मौन बस्ने योजना बनाएका छन् । योजनाअनुसार प्रहरी प्रधान कार्यालयसहित सबै इकाइमा वरिष्ठ अधिकारीले कनिष्ठ अधिकारीलाई स्यालुट मार्नेछन् । यस्तै, प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय घेराउ र ड्युटी अफरसम्मका कार्यक्रम बैठकले तय गरेको छ ।

    प्रहरीमा राजनीति हावी रहँदा प्रहरी जवानदेखि महानिरीक्षकसम्मको नियुक्ति, बढुवा र सरुवाका लागि प्रहरीका जवानदेखि अधिकारीसम्म दलका नेताको दलाली गर्न बाध्य हुनुपरेको र राम्रा तथा इमानदारभन्दा घुस्याहा, बदनाम र कनिष्ठ प्रहरी अधिकारीको बोलबाला रहेकोमा बैठकले अब कडा कदम नचाले संगठन ध्वस्त हुने निष्कर्ष निकालेको हो ।

    प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा

    प्रहरी अधिकारीको गोप्य बैठकले पहिलो चरणमा शालीन आन्दोलनअन्तर्गत आइतबारको मन्त्रिपरिषद्को निर्णयले कनिष्ठ र बदनाम अधिकारीलाई नेतृत्व दिए महानिरीक्षकको सचिवालय र निवासमा तालाबन्दीसम्म गर्न पछि नपर्ने निर्णय गरेको हो । यस्तै, आवश्यकता परे सामूहिक राजीनामा र प्रहरीले बर्दी फुकालेर सडकमा मार्चपाससम्म गर्नेछन् ।

    प्रहरी संगठनभित्र सरुवा, बढुवा तथा नियुक्तिभित्र असन्तुष्टि बढ्दै गएपछि सर्वोच्च अदालतले ऐनमा व्यवस्था गर्नू भन्ने आदेशसमेत दलकै नेताको स्वार्थका कारण नराखिएको निष्कर्ष भेलाको छ । आफूलाई मात्र सर्वोपरी ठान्ने संगठनको स्वार्थी नेतृत्वका कारण ७२ हजार जनशक्ति रहेको प्रहरी संगठनभित्र यसअघि पनि विद्रोहको अवस्था सृजना भए पनि थामथुम पारिँदै आएको हो ।


    ताजा अपडेट
     संगठन बचाउन प्रहरीभित्र विद्रोहको संकेत,प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा

     राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

     बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख ड्रोन क्यामेराले उतार्ने

     जयबहादुर चन्दविरुद्ध सर्वोच्चमा रिट, नवराज सिलवाल प्रहरी प्रमुख बन्ने करिब निश्चित

     बाथरुमका यी ६ कुरा, जसले तपाईको भाग्य बद्लनेछ(बिस्तृत विवरणसहित)

     जापानी प्रधानमन्त्री आबे अमेरिकामा, ट्रम्प र आबे मिलेर उत्तर कोरियालाई तह लगाउने उपाय खोज्ने

     सेनाको निःशुल्क स्वास्थ्य शिविर

     विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

     संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका– मन्त्री थापा

     राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन भन्दै,अमेरीकाका बिभिन्न राज्यमा छापा मारि दर्जनौं व्यक्तिहरु पक्राउ


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture