![]() |
नेपाल र मलेसियाबीच श्रम सम्झौताको प्रक्रिया अगाडि बढेपछि मलेसियाले नयाँ सर्तसहितको प्रस्ताव पठाएको हो । दुई देशका अधिकारीहरुबीच प्रस्तावित मस्यौदाबारे फेबु्रअरी २०/२१ मा काठमाडौंमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।
‘जसले कामदारले लैजाने हो । उसैले कामदारको लागत खर्च ब्यहोर्नुपर्नेमा हामी स्पष्ट छौं । सरकारले पनि त्यही नीति अंगालेको छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले भने,‘मलेसियाको यो प्रस्ताव स्वीकार गर्न मिल्दैन ।’
नेपालले सन् २००३ देखि नै मलेसियासँग श्रम सम्झौता गर्ने अग्रसरता देखाउदै आएको हो । लामो छलफलपछि मस्यौदाले २०११ मै अन्तिम रुप पाएको थियो । ‘त्यतिखेर मलेसियाले नेपाली सरकारी निकायकै संलग्नताबिनै कामदार आपूर्ति गर्न पाउने अडान राखेकोले रोकिन पुग्यो,’ मलेसियाका लागि तत्कालिन राजदुत डा. ऋषिराज अधिकारीले कान्तिपुरलाई भने ।
![]() |


No comments:
Post a Comment