![]() |
तराई बन्द आह्वान गरेको मोर्चाले बिहान देखि जनकपुरमा प्रदर्शन गरिरहेको छ। मध्यान्नमा आन्दोलन चर्किएपछि प्रहरी परिचालन बढाइएको छ।
यसैबीच केहीबेर अघि बन्दकर्ता र प्रहरीबीच भएको झडपमा दुई जना घाईते भएका छन्। जनकपुरको ब्रह्मपुरमा भएको झडपमा आन्दोलनकारीतर्फका घाइते भएका हुन्। केही प्रहरी पनि घाइते भएका छन्।
एमाले नेता वामदेव घेराबन्दीमा
मोर्चाको बन्दकै समयमा पूर्व निर्धारित कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका एमाले वरिष्ठ नेता वामदेव गौतम बन्दकर्ताको निसानामा परेका छन्। बन्दकर्ताले घेराउ गरेर वामदेवविरूद्ध नाराबाजी गरेका थिए। प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा झडप भएको हो। प्रहरीको स्कर्टिङमा गौतम त्यहाँबाट उम्कन सफल भएका थिए।
![]() |

No comments:
Post a Comment