![]() |
दया–केकीको ‘घामपानी’ लुक्स
दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘घामपानी’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामा निर्देशित फिल्मको पोष्टरमा दया र केकी अटाएका छन्।
पोष्टरमा देखिने घामपानी अक्षरलाई राजन काफ्लेले डिजाइन गरेका हुन् भने समग्र पोष्टर आनन्द महर्जनले तयार पारेका हुन्।
तामाङ समुदायको युवक र बाहुन समुदायकी युवतीबीचको प्रेम र विवाहलाई कथा बनाइएको फिल्मबाट समीक्षक लामाले निर्देशनमा डेब्यु गरेका हुन्।
सिनेमा आर्टसँगको सहकार्यमा हाइलाइट्स नेपाल, टचलाइट प्रोडक्सन र अश्लेषा इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बनेको फिल्म वैशाख १ गते रिलिज हुनेछ।
![]() |

No comments:
Post a Comment