• Breaking News

    Tuesday, February 14, 2017

    साउदीमा हराएका आशमान भेटिए

    फागनु ३ – साउदीमा हराएको भनिएका धादिङको बसेरी ४ का आशमान गुरुङ भेटिनु भएको छ । रियाद भन्दा झण्डै ४ सय किलोमिटर टाढा साफिया भन्ने ठाउँमा सोमबार उहाँ भेटिनु भएको हो ।

    तीन महिना अघिदेखि आशमान सम्पर्कविहिन हुनुहुन्थ्यो । आशमान २०७३ साउन २८ गते अक्सफोर्ड इन्टरनेशनल प्रालिबाट साउदी जानुभएको थियो । तर कामको चाप र स्वास्थ्य स्थितिमा समस्या भएको बताउने उहाँ तिहारदेखि सम्पर्क विहिन हुनभएको थियो ।


    आशमान हराएको उज्यालो अनलाइनमा खबर प्रकाशित भएपछि साउदीमै रहेका इलामका नारायण कटुवालको पहलमा खोजी गरिएको थियो । नारायणले बाख्रा चराउने ठाउँमा भेटिएका आशमानलाई साउदीमा रहेको नेपाली दूतावासमा पु¥याइदिनुभएको छ । दूतावासबाट आशमानलाई नेपाल फर्काउन प्रक्रिया सुरु भएको छ । तर उहाँलाई नेपाल फर्काउन अझै दुई हप्ता लाग्न सक्ने नारायणले जानकारी दिनुभयो । ‘उहाँले काम गरेको कम्पनीबाट पासपोर्ट ल्याएर छिटो भन्दा छिटो नेपाल पठाउने छु’ नारायणले भन्नुभयो ।

    नारायणका अनुसार एक जना नेपालीले दिएको ३० रियालले अहिलेसम्म खानेकुरा खाएर बसेको पाइएको छ । उहाँको स्वास्थ्य स्थिति विग्रेको र कहिलेकाहीँ बेहोसी जस्तै भएर कुरा गर्ने हुदाँ उपचारका लागि अस्पताल लैजाने र नेपाल फर्काउने प्रक्रियामा सहयोग गर्ने नारायण बताउनुहुन्छ । आशमान भेटिएपछि परिवारमा खुसी छाएको छ । आशमान हराएपछि खोजिदिन आग्रह गर्दै विभिन्न संस्थामा पुगेका श्रीमती प्रितीमाया र दाजु सकराम अहिले उहाँ घर आउने बाटो हेरिरहनुभएको छ ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture