• Breaking News

    Wednesday, February 15, 2017

    कतारमा ८० जना नेपाली अलपत्र सहयोगका लागि याचना

    कतार, ४ फागुन । बिदेसी भूमिमा रहेर पिडा सहनु वा भोग्नु नेपालीको भाग्य भनम वा बाध्यता, नेपालमा रहेका बिचौलिया र मेनपावोर को नाममा ठगि दलाली गर्ने मानब तस्करहरुको बिस्वाशमा लाखौ खर्च गरेर अरबको कुना कन्दरामा अबस्थित नाम नचलेका साना तिना कम्पनीमा श्रम बेच्न नेपालका दूरदराज गाउँ बस्तिका नेपाली बाध्य छन् ।

     Sponsored by Revcontent
    Trending Now
    Millionaire's Habit Makes $6250 Per Day!
    उनीहरु आफ्नै बेक्तिगत आकांश्यमा मात्र निहित थिएनन् घर परिवार, सके समाज र सरकारलाइ समेत आफुले आर्जेको रेमिटेन्श बाट धनि बनाउने उदेस्यमा थिए । तर बिडम्बना नेपालबाट अनेक बहानामा पठाइन्छ र यहाँ दुःख र समस्यामा अल्जिद्दा हेर्ने वा सहयोग / चासो दिने कुनै अधिकारिक निकया हुदैन ।

    सरकारको पौच अर्थान विदेशमा आफ्नो अभिभावक नेपाली दुताबाश कानमा तेल हालेर बस्छ र जानकारी दिन जाने नेपालीलाई अनेकौ कानुनका पाठ सिकाएर समाधानका उपया बेगर फिर्ता पठाई दिन्छ भने गैर नेपाली संस्थाहरु देखे नदेखे गर्छन यस्तै समस्यासंग संघर्षरत छन् वैदेशीक रोजगारीको सिलसिलामा कतार आईपुगेका असी (८०) जना नेपाली युवाहरु ।

    करिब चार महिना देखी ८० जना नेपाली अलपत्र परेका छन् भने कतार ल्याउने कम्पनी सञ्चालक आफै कामदारलाई तलब नदिई सम्पर्क विहिन भए पछि उनीहरु अलपत्रमा परेका हुन् । विगत दुई महिनादेखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपाली सँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन काटि रहेका छन् ।

    आफुलाई ल्याउने कम्पनीका अधिकारिक बेक्तीहरु भागेपछि कतारस्थित नेपाली दुतावासमा पटक-पटक सम्पर्क गर्दा पनि दुतावासले गम्भीरता नलिएको र कुनै प्रक्रिया वा सल्लाह नदिएकाले यहाको सरकारी निकयास्थित कानुनी प्रक्रियामा जान समेत समस्या परेको उनीहरुको गुनासो छ।

    नेपालमा झलक्क हेर्दा भेडा थुन्ने जस्ता भत्किएका बेड र साघुरा कोठामा १२ जना भन्दा बडी मान्छे बस्न बाध्य उनीहरु साघुरो बसाइमा एकवापशको स्वश प्रस्वाश तथा खानाको कारणले बिरामी पर्न लागेका र औसधि उपचारमा समस्या परेपछि थप चिन्तित देखिएका थिए।

    उक्त समस्यालाई बिभिन्न सोसियल मिडियामार्फत जानकारी पाउना साथ कतारस्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ (नयाँशक्ति नेपालको विदेश बिभाग) ले आफ्नो ध्यान आकर्सर्ण भएको जनाउदै आफ्ना कतारका सङ्गठ संयोजक बि बि खराल, मुस्लिम विभागका संयोजक इब्राहिम मिया, कलिम मिया, बसिर मिया,मनोज दाहल लगाएतलाइ कतारको सनैयास्थित पिडितको क्याम्पमा पुगेर पिडित कामदारसँग छलफल गर्नस आग्रह गरे अनुसार उहाँहरु मंगलबार त्यहाँ पुगेर समस्या र अबस्थाको बारेमा जानकारी लिनु भएको जनाएको छ।

    पिडितसंगको भेटघाटको क्रममा बोल्दै INSQ कतारका संयोजक बि.बि. खरालले पिडित कामदारलाई तत्काल उद्धारको लागि पहल गर्न नेपाल सरकारसँग माग गर्दै अलपत्र परेका नेपालीलाई सहयोग गरिदिन र संस्था रुपमा नेपाल फर्किने बातावरण बनाइदिन कतारमा अवस्थीत नेपाली दुताबाश, विभिन्न बैचारिक तथा जिल्ला संघ संस्थालाई अनुरोध गर्नु भएको छ ।

    खरालका अनुसार कानुनी कारबाहीको लागि पिडित कामदारलाई अत्यावश्यक पर्ने अरबी, अङग्रेजी भाषा नआउने भएकाले थप समस्या परेको जनाउदै आफु र आफ्नो संगठन INSQ ले त्यसको लागि सग्दो सहयोग गर्ने बताउनु भयो ।

    कतारको सनैया ४१ राईट एच बि के कम्पनी पछाडिको क्याम्प रहेका पिडित कामदारले आफुलाई अलपत्र पार्ने इस्केल लगायतका पाचँ कम्पनीलाई कानुनी कारबाही गरि आफनो उद्धार गरिदिनको लागि नेपाली दुताबाश कतार र नेपाल सरकार समक्ष्य हार्दिक अनुरोध गरेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture