![]() |
Sponsored by Revcontent
Trending Now
Millionaire's Habit Makes $6250 Per Day!
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई अर्ब ६० करोड रुपैयाँ लागतमा पूरा भएको हेवा खोला ‘ए’ जलविद्युत गृहस्थित बटम थिचेर आरम्भ गरेका हुन्। हेवा ‘ए’ बाट उत्पादन भएको बिजुली पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रसारण गरिएको छ।आयोजनाको निर्माण कार्य गत मंसिर २२ गते सम्पन्न भएको थियो। तर, विद्युत प्राधिकरणको फिदिमस्थित सबस्टेशन तयार गर्न नसक्दा बिजुली दुई महिना खेर गएको थियो।
पाँचथर पावर कम्पनीले १४.९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण गरेको उक्त आयोजनाबाट गत पुस १९ गतेदेखि ३.५ मेगावाट विद्युत उत्पादन सुरु गरी माघ ७ गतेदेखि केन्द्रीय विद्युत प्रशारण लाइनमा विद्युत जोडिएको थियो।
हेवासहित यो वर्ष प्रणालीमा एक सय २० मेगावाट बिजुली थप भएको छ।
आयोजना निर्माणका लागि स्थानीयको तीन करोड लगानी छ। त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ बैंकले लगानी गरेका छन्। ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन्।
३५ प्रतिशत युबि इन्भेष्टमेन्ट कम्पनी लीमिटेड, ३० प्रतिशत एक्सेस इन्भेष्टमेन्ट कम्पनी लीमिटेड काडमाडौको, २० प्रतिशत मेगा भेञ्चर प्रालिको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडको लगानीबाट आयोजना निर्माण गरिएको हो। सानिमा बैंकको अगुवाइमा ११ बैंक तथा वित्त संस्थाले एक अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए। पाँचथर पावर कम्पनीद्वारा प्रबर्दित आयोजनामा प्रवद्र्धकले स्वपूँजी बापत ८० करोड रुपैयाँ लगानी गरेका छन्। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेको छ ।
![]() |

No comments:
Post a Comment