• Breaking News

    Tuesday, February 21, 2017

    कतार मा आज धेरै चिसोको अनुभूति !! मौसम भिगागले जनाय अनुसार आज झन चिसो हुने नेपाली दाजु भाई हरुलाई सब्धनी आप्नौन अनुरोध

    कतारको मौसम नेपालको मुस्ताङ भन्दापनि चिसो मौसम भिभाग भन्छ आज ठुलै हावा हरि चल्ने


    कतारमा एक-दुइ दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ, आइतबार कतारको मौसम चिसो अनुभूति गरिएको छ अझै दुइ-चार दिन चिसो बढ्ने अनुमान गर्न सकिन्छ !

    कतार मौसम विभागले जनाए अनुसार आज भारि हावाहरि चल्ने र कतै कतै अस्पष्ट दृश्यता भइ नजिकैको बस्तु राम्रो संग नदेखिने भएकाले सवारी साधन चलाउदा र बाटो क्रसगर्दा सुरक्षित रहनु होला !

    एक हप्ता देखि कतारको तापक्रम घट्ने क्रममा रहेको थियो जुन हिजोको बर्षात पछी झनै चिसोको महसुस गर्न सकिन्छ ! आज बिहानको तापक्रम हेर्ने हो भने अल-खोर क्षेत्रमा १०C, मिसाइड क्षेत्रमा ११C र दोहामा १२C रहेको छ आज देशै भरि मौसम चिसो रहेकाले बाहिरी क्षेत्रमा काम गर्ने नेपाली कामदार हरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु आवस्यक छ !

    अलखोर,टुरय्ना, अल रायन र कतारको अन्य स्थानहरुमा हिजोको तापक्रम 13C रेकर्ड गरिएको थियो यद्यपि कतार युनिभर्सिटी क्षेत्र र हमाद अन्तराष्ट्री एरपोर्ट तिरको तापक्रम भने सामान्य जस्तै जस्तै थियो जुन 16C मापन गरिएको थियो !

    मौसम विभागले जनाय अनुसार सामुन्द्रिक अपतटीय क्षेत्रमा समुन्द्रको तह १३ फिट सम्म बढ्न सक्ने भएकाले र धुलो मिसिएको हावा हुरी चल्न सक्ने भएकाले त्यस क्षेत्रमा अत्यन्तै सावधानी अपनाउन भनेको खबर गल्फ टाइम्सले उल्लेख गरेको छ !

    कतारको विभिन्न ठाउँहरुमा जम्मा भएको पानिलाइ ४५ पम्प ३४९ वाटर ट्यांकर र ५४२ जना कामदार लगाएर बलदियाको टिमले हिजो दिउसो सम्म १०५.८ मिलियन ग्यालन पानि तानेर अन्तै फालेको थियो !

    त्यसैगरी साउदी अरबको जेददा, दमाम गरि गरि देशको धेरै भागमा चिसो मौसमको अनुभूति गर्न सकिन्छ ! साउदी अरबमा यो बर्षकै सबैभन्दा धेरै वर्षा भएको थियो !

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture