• Breaking News

    Thursday, February 16, 2017

    दैनिक दुई करोडको मःम खान्छन् काठमाडौंवासी

    काठमाडौं – काठमाडौंको सडक किनारका ठेलादेखि तारे होटलसम्म पाइने खाजा हो मःम । सर्वसाधारणदेखि भिआइपीसम्म यसका पारखी छन् । थरीथरीका मःमको मात्रै दैनिक करोडौंको कारोबार हुन्छ।



    फास्टफुड व्यवसायमा मःम सर्वाधिक लोकप्रिय छ । स्वादिलो र भोक मेट्ने भएकाले मःम खाजाका रुपमा धेरैका लागि पहिलो रोजाइमा पर्ने गरेको छ। नेपालीले पैसा, स्वाद र सन्तुष्टिका हिसाबले पनि अन्य खाजाभन्दा मःमलाई नै प्राथमिकता दिने गरेका छन् ।

    काठमाडौंका पाँच तारे होटलदेखि सडकको छेउमा ठेलागाडामा समेत मःम नै ग्राहकहरुले खाजामा धेरै रोज्ने गरेका छन् । मःम एक प्लेटको ६० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ।

    नेपालमा दैनिक रुपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरुबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन। आजको गज्जब साप्ताहिकमा खबर प्रकाशित छ। व्यवसायीको अनुमानअनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक दुई करोड रुपैयाँको मःम बिक्री हुन्छ । जसमध्ये सबैभन्दा बढी बफ मःम कै कारोबार हुन्छ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture