• Breaking News

    Thursday, February 16, 2017

    भगवान पशुपतिनाथमा सुरुभयो यसपालीको महाँशिवरात्री उपसमिति गठन

    काठमाडौँ, ५ फागुन – पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौँ उससमिति गठन गरिएको छ।
    पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।
    विगत वर्षमा मूल समारोह समि

    ति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो।
    महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन्। “यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए”– उनले भने।
    यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture