• Breaking News

    Sunday, February 19, 2017

    कतारमा पाँचौ एसियन फुटवल प्रतियोगिताको तालिका सार्वजनिक

    फाल्गुन ८, २०७३- कतार फुटवल एशोसियसन (क्युएफए)ले कतारमा कार्यरत आप्रबासी समुदायलाई लक्षित गर्दै आयोजना गर्दै आएको ‘पाँचौ एसिएन फुटवल प्रतियोगिता’को खेल तालिका शनिबार सार्वजनिक गरेको छ ।

    क्युएफएका अनुसार खेल फेव्रवरी २३ देखि मे ५ सम्म हरेक साता बिहिवार र शुक्रबार हुनेछ । उसले कतारको ए डिभिजन टिमबीच हुने ‘अमिर कप’सँगै प्रतियोगितालाई लगेको हो ।



    प्रतियोगितामा १२ देशका समुदायस्तरका फुटवल टिम सहभागी छन् । समुह ‘ए’ मा इन्डोनेसिया, लेवनान, जोर्डन, भारत, दक्षिण कोरिया र चीन छन् । समुह ‘वी’ मा मलेसिया, सिंगापुर, नेपाल, जापान, श्रीलंका र फिलिपिन्स छन् । फेव्रवरी २४  मा नेपालको पहिलो खेल जापानसँग राती ९:२० बजेबाट अलथुमामास्थित टेक्निकल मैदानमा शुरु हुदैछ ।



    प्रतियोगितामा नेपाली समुदायलाई प्रतिनिधित्व गदै ‘नेपाली फुटवल टिम, कतार’ले खेल्दै आइरहेको छ । चौथो प्रतियोगितामा नेपाल दोश्रो भएको थियो ।  ‘हामीले कतारमै कार्यरत योग्य फुटवलर खोजी गरेर एउटा शशक्त टिम बनाएका छौं,’ फुटवल टिमका अध्यक्ष सञ्जिव रानाभाटले भने,‘बिभिन्न कम्पनीमा कार्यरत खेलाडीलाई एकठाँउमा ल्याएर टीम बनाउन निकै कठिन छ ।’

    नेपालमा ए डिभिजन खेल्दै गरेको अबस्थामा पलायन भएका खेलाडीहरुलाई आफुहरुले आबद्ध गरी टिम बनाएको उपाध्यक्ष राजन श्रेष्ठले बताए । टिमले प्रतियोगितामा खेल्ने खेलाडीहरुको छनोट गर्न अन्तिम कसरत गरिरहेको जनाएको छ । ‘अहिले हामी प्रशिक्षणमा छौं । अनुशासनमा रहने, समय दिन र खेलको लयमा रहन सक्नेलाई छनोट गर्नेछौं,’ पुर्व राष्ट्रिय खेलाडी समेत रहेका टिम म्यानेजर कालमान (सञ्जिव) वाइवाले भने,‘हामीले तीन पटक प्रतिस्पर्धा गरिसकेका छौं । यसपटक उपाधीको दावेदारी हौं ।’



    गत बर्षको प्रतियोगितामा सहभागी हुन खेलाडीको आधारभुत आबश्यकता पुरा गर्न झन्डै ५ लाख ६४ हजार रुपैया खर्च भएको थियो । जुन स्पोन्सर र टिम ब्यबस्थापकबाट जुटाइएको थियो । यसपटकको लागि पनि स्पोन्सर खोजी भइरहेको कोषाध्यक्ष हरि दंगालले बताए ।




    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture