• Breaking News

    Friday, February 17, 2017

    दुबईका सडकमा नेपाली झण्डा सहित शिक्षाको लागी यात्रा गर्दै नेपाली समुदाय

    शिक्षाको लागी यात्रा' भन्ने नारा सहित  'दुबई केयर्सले' आयोजना गरेको सडक र्यालीमा युएईमा रहेका विभिन्न नेपालीहरुले बाक्लो उपस्थिति जनाएका छन्। दुबईको क्रिक पार्कबाट बिहान ८ बजेदेखि सुरुभएको तीन किलोमीटर सडक र्यालीमा 'नेपाली समुदाय युएई' संगै विवेकशिल नेपाली दल युएई, उदयपुर सेवा समाज युएई,नेपाली कलाकार समुह युएई साथै नेपालको व्यावसायिक निजि 'बैंक' प्रभु बैंकले संयुक्तरुपमा सहभागीता जनाएका थिए।
    बिश्वका थुप्रै देशका नागरिक तथा स्थानीय बिद्यालय, संघ सस्थाहरुको बाक्लो उपस्थिति रहेको र्र्यालीमा नेपालीहरुको र्याली केही पृथक देखिन्थ्यो। विभिन्न नेपाली रास्ट्रभक्ति गितमा मादलको ताल संगै नाच्दै  गरेको नेपालीहरुको र्यालीले सबैको ध्यान केन्द्रित गरेको थियो। गत बर्ष देखि युएईका विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आयको नेपाली समुदाय युएईले गत बर्षदेखि दुबई केयर्सको उक्त कार्यक्रममा सहभागीता जनाउदै आएको छ।
    नेपालका ग्रामीण भेगमा अझैसम्म पनि थुप्रै मानिस शिक्षाबाट बन्चित रहेको अबस्थामा बिदेशमा गरिने यस्ता कार्यक्रममा सहभागी भएर हामिले यहाँको सरकार तथा बिश्व समुदायको ध्यान नेपालको शिक्षा क्षेत्रमा पनि परोस् भन्ने उद्देश्यले  यो यात्रामा सहभागी भएको कुरा  नेपाली समुदाय युएईका अध्यक्ष बिदुर राउत तथा विवेकशिल नेपाली दल 'युएईका' अध्यक्ष द्रोण जंग श्रेष्ठले बताए।
    बिश्वका विभिन्न विकासोन्मुख देशमा शिक्षाबाट बन्चित रहेकाहरुलाई शिक्षाको सहज पहुँच पुर्याउने हेतुले दुबई सरकारले स्थपना गरेको संस्था 'दुबई केयर्सले' नेपालमा हरेक बर्ष शिक्षा क्षेत्रमा ठूलो सहयोग गर्दै आएको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture