![]() |
आईतबार सिराहको लहानमा प्रहरी नियन्त्रणमा रहेका राउतका कार्यकर्तालाई अदालत लैजाने क्रममा उनीहरुका आफन्तले बाटोमै अवरोध पुर्याएपछि प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।
ठुलो सड्ख्यामा जम्मा भएका कार्यकर्ताहरुले केहीदिनअघि पक्राउ परेका राउतका १० जना कार्यकर्तालाई अदालत लैजान अवरोध पुर्याएका थिए । उनीहरुले नाराबाजी गर्दैं प्रहरीमाथी नै आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेर उपस्थित कार्यकताहरुलाई तितरबितर पारेको थियो । सो घटनामा केही प्रहरी सुरक्षाकर्मी र प्रर्दशनकारीहरु समेत घाईते भएका छन ।
देश टुक्राउने माग गर्ने स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई प्रहरीले माघ २० गते राज्यबिरुद्धको अपराध मुद्दामा पक्राउ गरेको छ । राउतको पक्राउपछि सो क्षेत्रमा उनका समर्थकहरुले प्रर्दशन गर्दै आएका छन । देश टुक्राउने अभिव्यक्ति दिने सिके राउतमाथी सरकारले कारवाही नगरेको भन्दै लामो समयदेखी सामाजिक संजालमा सरकारको चर्को आलोचना हुँदै आएको थियो ।
![]() |

No comments:
Post a Comment