![]() |
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल फाल्गुन १४ गते शनिवार, नेपाल सम्बत ११३७ सिल्लागा,सन् २०१७ फेब्रुअरी २५ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती ९ वजेर ७ मिनेटसम्म, श्रवण नक्षत्र विहान ६ वजेर ५६ मिनेटसम्म, परिघयोग, भद्राकरण, आनन्दादियोग स्थिर, सूर्य कुम्भ राशीमा, चन्द्रमा साँझ ७ वजेर १५ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।
मेषः–घर परिवार,आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । कार्य सम्पादन आफ्नै बाहुबलमा हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।
वृषः–मानसिक तनावमा थोरै कमी आउनेछ । कार्य प्रगति सन्तोषजनक रहने छैन । वाह्य काममा समय बढि खर्च हुदा आफ्ना अधिकाँश काम अधुरा रहनेछन् । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।
मिथुनः–आपत विपत पर्न सक्छ सजग रहनु होला । दैनिक काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ । आर्थिक कारोवारमा समस्या आउने देखिन्छ । विश्वास गरेकाले धोका दिने छन् ।
कर्कटः– आफुमा भएको शिप,ज्ञान र वुद्धिको प्रयोग गरी समयमा गरेका काम सफल हुनेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । साँझपख समय प्रतिकुल बन्दै छ,काममा रोकावट तथा खर्च वृद्धि हुने देखिन्छ ।
सिंहः– चुप लागेर बस्नु भयो भने कुनै काम हुने छैनन,काम गर्दा शत्रु बढ्ने देखिन्छ । प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला तव मात्र काममा सफलता मिल्नेछ । आर्थिक उन्नतिको बाटो खुल्नेछ ।
कन्याः– आफ्नै कारण पछि परिनेछ । समयमा समस्याको पहिचान गर्न नसक्दा कार्य विमुख हुने अवस्था आउन सक्छ । पढाई लेखाई सामान्य प्रगति हुनेछ । यात्रा कम सफल देखिन्छ ।
तुलाः– मनोविकार बढ्नेछ । समयको ख्याल राख्न नसक्दा अवसर गुम्ने सम्भावना देखिन्छ । धन सम्पतिको विषयलाई लिएर आफन्तमा विवाद पर्न सक्छ । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।
वृश्चिकः– सामान्यतया दिन अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलबाट अर्थोपार्जन हुनेछ । साँझपख खर्च बढ्न सक्छ ।
धनुः– दिन मध्यम खालको देखिन्छ । धन लगानी गर्दा विचार पु¥याउनु होला । भर विश्वासमा काम गर्ने अवस्था देखिन्न । प्रयास र प्रयत्नहरु भने सफल हुने देखिन्छ । कार्य लगनशिलता बढ्नेछ ।
मकरः– घरपरिवार आफन्तबाट सहयोग मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन । पठन,पाठन अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । रमाईलो यात्रा हुने देखिन्छ ।
कुम्भः– समयले आज पनि साथ दिने देखिन्न,परभाव,परबन्धनको सम्भावना देखिन्छ । गरेका कामले पूर्णता नपाउने देखिन्छ । व्यापार व्यवसायबाट उचित मुनाफल लिन सकिने छैन । विश्वास घात हुनेछ ।
मिनः–समयमा काम गर्न सके उपलब्धि राम्रै हात लाग्ने देखिन्छ । सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साँझपख खर्च वृद्धि एवं काममा अवरोध आउने देखिन्छ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।”
- See more at: http://etajakhabar.com/02/25/77700#sthash.i9P2SYWr.dpuf
![]() |

No comments:
Post a Comment