• Breaking News

    Sunday, February 19, 2017

    जब एक युवतीले सार्वजनिक बसभित्रै आची गरिन्


    जब एक युवतीले सार्वजनिक बसभित्रै आची गरिन् …

    सार्वजनिक सवारीसाधनमा यात्रा गरिरहँदा एकाएक दिशाले च्याप्यो भने तपाईं के गर्नुहुन्छ ? सम्भव भएसम्म रोकेर बस्नुहुन्छ, नत्र गाडी रोक्न लगाउनुहुन्छ होइन त ?


    तर हङकङकी यी युवतीले भने तेस्रो विकल्प रोजिन् । उनले सबै लाजसरम भुलेर यात्रुले भरिएको सार्वजनिक बसभित्रै सबैले देख्नेगरी आची गरिदिइन् । महिलाले गाडीको अग्रभागमा थचक्क बसेर आची गरिरहँदा प्रौढ यात्रुहरुले उनलाई धारे हात लगाएर गाली गरे भने युवायुवतीहरु रमाइलो मानेर फोटो र भिडियो खिच्न थाले । कोही भने गन्ध सहन नसकेर नाक थुनिरहेका थिए ।

    बसभित्र युवतीले पाइन्ट खोलेर आची गरिरहेको भिडियो लाइभलिक डट कम र युट्यूवमा अपलोड भएको छ । भिडियोसँगै लेखिएको क्याप्सनमा युवतीले थाम्नै नसक्ने अवस्था आएपछि गाडीभित्रै आफूलाई खाली गराएको उल्लेख छ । लाखौंले हेरिसकेको यो भिडियोमा थुप्रैले उनको समर्थन र विरोधमा कमेन्टहरु गरेका छन् ।

    यो घटना हङकङमा भएको विश्वास गरिए पनि ठ्याक्कै कुन ठाउँमा भन्ने ऐकिन गर्न सकिएको छैन । यसअघि गत वर्ष एक महिलाले लिफ्टभित्रै दिशा गरेको पेटै बटार्ने भिडियो सार्वजनिक भएको थियो ।– एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture